gulminews logo
शनिबार, २०८१ बैशाख १५

वाम गठबन्धन र एकता पूर्ण अर्गानिक : बिष्ट

टोपलाल अर्याल
गुल्मी, १४ कार्तिक । एमालेका सचिव गोकर्ण बिष्टले वाम गठबन्धन र एकता नयाँ प्रयास नभएको बताएका छन् । मंगलबार सदरमुकाम तम्घासमा पत्रकारसँग कुरा गर्दै नेता बिष्टले एकिकरणको प्रयास अहिले मात्र बाहिर आएको प्रतिक्रिया दिए ।

वामहरुको आफै वुद्धि पलायो कि उत्तर छिमेकी देशको सुझाव भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले यो पूर्ण अर्गानिक र पहिलेदेखिको प्रयास भएको दावी गरे । ‘केपी ओली प्रधानमन्त्री हुनुभन्दा पहिले नै भएको होे, बाहिरी शक्तिले भाँडने डरले बाहिर आएन’ उनले भने, ‘जसलाई दसैँमा आएर दुई शिर्ष नेताहरुले अन्तिम रुप दिए ।’

नेता विष्टले अब हुने निर्वाचनको संभावित परिणामबाट कांग्रेस आत्तिएर वाम गठबन्धनबिरुद्ध बोल्दै हिडेको बताए । उनले अब हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा गठबन्धनले दुई तिहाई मत ल्याउने देखेपछि कांग्रेसले अधिनायववाद भन्दै हिडेको आरोप लगाए । ‘देशका लागि धेरै मुल्य चुकाएका कम्युनिष्टहरुको गठबन्धन कांग्रेसबिरुद्ध होइन’ उनले भने, ‘राष्ट्रियता, राजनैतिक स्थायित्व र आर्थिक समृद्धिको पक्षमा उभिएको गठबन्धनबाट कोही त्रसिनुपर्ने आवश्यकता छैन् ।’

चुनावकै सिलशिलामा मंगलबार गृहजिल्ला आएका बिष्टले सञ्चारकमीहरुसँग कुराकानी गर्दै नेता विष्टले बाम एकता आर्थिक समृद्धि र जनताको आवश्यकताका आधारमा भएको बताए । ‘लोकतान्त्रिक शक्तिहरुबीच तालमेल र एकिकरण हुनुलाई अस्वभाविक ठान्नु पर्दैैन’ उनले भने, ‘काग्रेससँगको गठबन्धनलाई हामी स्वागत गर्न तयार छौ ।’

गुल्मीको क्षेत्र नं २ मा टेक्निकल कलेजदेखि केवलकारसम्मका योजना

आगामी निर्वाचनका लागि प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट सर्वसम्मत उमेद्धवार रहेका विष्टले नेपालमा व्याप्त गरिबीको अन्त्य, पिछडिएका जनताको आर्थिक स्तर माथी उकास्न, स्वरोजगारको सृजना तथा विकासका पुर्वाधारको समुचित विकास गरि समृद्धकै लागि आफ्नो उमेदवारी भएको बताएका छन् । सर्वसम्मत उमेदवार बनेका बिष्टले जिल्लाको विकास निर्माणबारे आफू कहिल्यै विमुख नभएपनि पुराना योजनाको निरन्तरता र थप नयाँ एजेण्डाहरु पुरा गर्न जनताको साथ पुन चाहिएको बताए ।

उनले क्षेत्र नं २ मा सुविधा सम्पन्न टेक्निकल कलेज, बिभिन्न स्थानमा ताल निर्माण, सडकहरुको स्तरउन्नती तथा कालोपत्रे, रेसुङ्गा बिमान स्थलको पुर्णता तथा रेसुङ्गामा केवुलकार निर्माण लगायतलाई नयाँ एजेण्डाका रुपमा प्रस्तुत गरेका छन् ।

उनले अहिलेको जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने, कुनै पनि बिद्यार्थीलाई कापी कलम किन्न नसकेर पढाईबाट बञ्चित हुने नदिने, प्रभावकारी विद्युत बिस्तार, खरका छाना मुक्त गर्ने र सबै नागरिकलाई स्वच्छ पिउने पानीको व्यावस्था गर्न आफू दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

इस्मामा पुर्व प्रधानपञ्चदेखि गाविस उपाध्यक्ष सहित दुई दर्जन एमालेमा प्रवेश
नेकपा एमाले इस्मा गाउँपालिका ४ ले आयोजना गरेको चुनावी सभामा दुई दर्जन नेता कार्यक्रर्ता एमालेमा प्रवेश गरेका छन् । चुनावी सभामा पुर्व प्रधानपञ्च समेत रहेका नेपाली कांग्रेस हस्तिचौरका नेता द्रोण बहादुर कुवंर, पुर्व दोहली गाविसका उपाध्यक्ष केश बहादुर खड्का, गएको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसका वडा सदस्यका उमेदवार महेन्द्र थापा, कांग्रेस नेतृ टीका खड्का सहित दुई दर्जन नेता कार्यकर्ता एमालेमा प्रदेश गरेको वडा नेकपा एमाले इस्मा गाउँपालिका ४ का वडा कमिटी सचिव प्रताप सुनारले बताए । त्यस्तै तरुण दलका स्थानीय नेता लक्ष्मण थापा, सक्रिय कार्यक्रर्ता बाबुराम अर्याल लगायत रहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D