gulminews logo
बुधबार, २०८१ बैशाख २६

वामीमा हुने प्रथम मुसिकोट महोत्सवको तैयारी तिब्र: झन्डै १ करोडको कारोबार गर्ने लक्ष्य, ७० लाख खर्च

कमल पौडेल
गुल्मी, २५ पौष । गुल्मी मुसिकोट उद्योग वाणिज्य संघ वामीटक्सारको आयोजनामा माघ १५ देखि २६ गते सम्म हुने प्रथम गुल्मी मुसिकोट पर्यटन, साँस्कृतिक, औधोगिक एवं व्यापार महोत्सव २०७६ को तयारी तिव्र पारिएको छ । यसै सन्दर्भमा आयोजकले आज पत्रकार सम्मेलन आयोजना गरि कार्यक्रमको जानकारी गराएको छ ।

कार्यक्रममा गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष शुदर्शन शाक्यले मुसिकोटको पहिचान दिन, पर्यटनको विकास गर्न, धार्मिक स्थलहरुको प्रवद्धर्न सहित व्यापार वृद्धिको लागी महोत्सव महत्वपूर्ण हुने बताउनु भएको छ। नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा महोत्सवले स्थानिय र वाह्य पर्यटक भित्राउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ । शाक्यले महोत्सवलाई मुसिकोट नगरपालिकाले पनि सहयोग गर्ने र मुसिकोट भित्र र वाहिर रहने सवैले सहयोग गर्ने अपेक्षा समेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रचार प्रसार संयोजक ज्ञानहरी सापकोटाले नगरपालिका भित्र रहेको होमस्टेमा पाहुनालाई वस्ने व्यवस्था गरिने जानकारी गराउनु भएको छ । महोत्सवबाट हुने आम्दानीले संस्थाको भवन वनाउने योजना भएको जानकारी दिनुभएको छ । त्यस्तै स्टल व्यवस्थापन समितिका संयोजक सुन्दर प्रधानले महोत्सवमा १ सय ५० स्टल रहने जानकारी दिनुभएको छ । जस अनुसार सुचना प्रविधि, कृषि, पर्यटन, स्थानिय परिकार सहितका स्टल रहने जानकारी दिनुभएको छ । कृषि, शैक्षिक प्रदर्शनी, कला संस्कृतिका स्टलहरुलाई निशुल्क व्यवस्था गरिएको पनि प्रधानले जानकारी दिनुभएको छ। कार्यक्रम सफल पार्न १७ सदस्यिय मुल आयोजक समिति, २३ ओटा विभिन्न उपसमिति, ९ सदस्यिय सचिवालयको गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। १२ दिन सम्म चल्ने महोत्सवमा ७० हजार दर्शकले अवलोकन गर्ने, ५ करोडको कारोवार हुने अपेक्षा आयोजकले गरेको छ । महोत्सवमा ९५ लाख आम्दानी हुने तथा ७० लाख खर्च हुने अनुमान गरिएको छ।

सो महोत्सवमा खुल्ला राष्ट्रिय लोकदोहोरी गित प्रतियोगीता, खुल्ला पुरुष भलिवल प्रतियोगिता, अन्तरमावि छात्रछात्रा कपर्दि प्रतियोगिता, राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा सांगितिक कार्यक्रम रहने आयोजकले जनाएको छ। सो अवसरमा बाल उद्यान, विभिन्न झाँकी तथा नृत्य प्रदर्शन, र्याफ्टीङ, जातजाति तथा जनजातिहरुको खाना प्रदर्शन, हेलिकप्टरवाट विभिन्न दृश्यावोलकन लगाएतका कार्यक्रम सञ्चालन गरिने सचिव महेश्वर घिमिरेले जानकारी दिनुभएको छ। महोत्सवले नगरपालिकाको पहिचान स्थापित गर्ने, प्राकृतिक, भौगोलिक, जैविक विविधताको पहिचान गर्ने, औधोगिक, व्यापारीक, कृषि पशुपालन, उद्यमशिलताको प्रवर्धन गर्ने, पर्यटन, संस्कृति, धार्मिक क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटकलाई भ्रमण गर्न प्रोत्साहित गर्ने, लगानीका सम्भावित क्षेत्र पहिचान गरि लगानी जुटाउने आयोजकले जनाएको छ।

सो पत्रकार सम्मेलनमा अतिथि सत्कार उपसमितिका संयोजक देवेन्द्र कक्षपति, सहसंयोजक दिनेश खाती, अर्थ समितिका संयोजक वेग प्रसाद शाक्य, उपसंयोजक अर्जुन सापकोटा, यातायात व्यवस्थापन उपसमितिका संयोजक रुपकलाल श्रेष्ठ, खेलकुद सञ्चालन उपसमितिका संयोजक मोहन श्रेष्ठ, लेखा उपसमिति संयोजक गोपिकृष्ण खरेल, खानेपानी व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मण फुल्लेल, स्वागत द्धार व्यवस्थापन उपसमितिका टोपनारायण श्रेष्ठ, स्वयंसेवक परिचालन उपसमितिका संयोजक अनुप लाखे लगाएतले आफ्नो समिति अन्तरगतका प्रश्नको उत्तर दिनुभएको थियो। नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, पूर्व अध्यक्ष एवं केन्द्रिय पार्सद जनार्दन घिमिरे, केन्द्रिय पार्सद कमल पौडेल, तिलाचन पाण्डे लगाएत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको कार्यक्रम अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता तथा सचिव महेश्वर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D