gulminews logo
शनिबार, २०८१ बैशाख ८

वामगठबन्धन जिताउ अभियानमा गुल्मीमा महिलाको बेग्लै गठबन्धन

प्रेम सुनार
गुल्मी, मंसिर ६ । महिलालाई चुलो चौकसबाट वाहिर निकाल्ने र नारी मुक्तिको आन्दालोन छे्ड्ने यो देशका कम्युनिष्टहरु नै हुन भन्दै गुल्मीमा वामगठबन्धन जिताउ अभियानमा महिलाहरुले गठबन्धन बनाउन सुरु गरेको बताईएको छ । यसको सुरुवात आज देखि मुसिकोट नगरपालिका वडा नम्वर १ वाट गरिएको छ । मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्माले मुसिकोट नगरपालिकाको वडा नम्वर १ पौदीअमराईका सम्वोधन गर्दै आज देखि वामगठबन्धन जिताऔं अभियान थालिएको बताईन् ।

पौदी अमराईकी बृद्धा मनकला खरेलको अध्यक्षतामा १ सय ३० सदस्यीय महिला गठबन्धन गठन गएिको छ । महिला गठबन्धनलाई सम्वोधन गर्दै उपमेयर शर्मले भनिन् –‘हामी महिलाहरुलाई खाली धर्मकर्मको कुरा गर्ने, पुरुष आश्रित महिलाहरु हुन भन्ने सोच सिर्जना गराउने र सेवक वनाउने पुरातनवादी सोच–विचारको दमनमा परेर चुलो चौकसमै सिमित थियौं तर जव यो देशमा कम्युनिष्टहरुले नारी मुक्तिको आन्दोलन छेड्न सुरु गरे तव देखि विस्तारै हामीले मुक्ति पाउन थालेका हौ ।’

उनले थपिन–‘दश वर्षे जन युद्ध छेडेर चुलो देखि युद्ध मैदान सम्म पुराउने कम्युनिष्ट हुन् । यो देशमा महिलालाई राष्ट्रपति देखि सभामुुख सम्म बनाउने पनि कम्युनिष्टहरु हुन् । संघियता र समावेशीका लागि लड्ने पनि कम्युनिष्टहरु हुन् जसका कारण आज हामी राज्यको सवै अंगमा अनिवार्य भएका छौं अव महिलाले आफुहरुका मुक्तिदाता कम्युनिष्ट रोज्नु वाहेक अरु हुन सक्दैन् ।’

पौदीअमराईकी अगुवा महिला गंगा श्रेष्ठले अझै पनि पुरातनवादी सोचको जरा काट्न सकिएको भन्दै त्यो सोच जरै देखि उखेल्नका लागि पनि वामपन्थीहरुलाई जिताउन जरुरी भएको वताईन् । यता क्षेत्र नम्वर १ मा पनि वामगठबन्धन जिताउ अभियानका लागि महिलाहरुले गठबन्धन गर्न लागेको वामगठबन्धनकी समानुपतिक उमेदवार तथा माओवादी केन्द्रकी नेतृ गीता थापाले जानकारी दिईन् । उनले आज रुरु गाउँपालिकाबाट सुरु भएको बताईन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D