गुल्मी, मंसिर ११ । नेपाली कांग्रेस गुल्मीले आज गुल्मीमा भएको वम विस्फोटको घटना प्रती गम्भिर ध्यानाकर्षण भएको भन्दै निन्दा गरेको छ ।
नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा आज विहान करिव १० वजेको समयमा गुल्मी क्षेत्र नं २ मुसिकोट वार्ड नं १ अन्तर्गत नेटाको आरचौर घुम्तिमा कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थी, क्षेत्रिय सभापति भगतसिंह खड्का, आमन्त्रित सदस्य बाबुराम अर्याल लगायत लगायतका नेताहरुलाई लक्षित गरी गरिएको वम विस्फोटन प्रती कांग्रेस गुल्मीको गम्भिर ध्यानाकर्षण भएको बताईएको हो ।
विज्ञप्तीमा गुल्मी क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र बहादुर के.सीको चुनावी कार्यक्रमलाई बिथोल्ने उद्देश्यले गराईएको सो बिस्फोटनको घटनाले नेपाली कांग्रेस र लोकतन्त्रबादीहरुका लागि अत्यन्तै दु:खद भएको पनि बताईएको छ ।
विज्ञप्तीमा घटनाले जनताले आफ्नो अभिमत जाहेर गर्न पाउने लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने चिन्ता जाहेर गरिएको छ । सभापति श्रेष्ठले सुरक्षा निकायलाई त्यस्ता समुहको खोजी गरी कार्वाहीको दायरामा ल्याउन माग समेत गरेका छन् ।