gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

वडाध्यक्षको घरमा विस्फोट, पार्किङ गरिराखेको गाडीमा क्षती

पोखरा, मंसिर ०९ । सोमबार बिहान पौने ३ बजे पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष शिव आचार्यको घरमा विस्फोट भएको छ । विस्फोटबाट घरमा पार्किङ गरिराखेको गाडीमा क्षति पुगेको छ । यो वडा पनि निर्वाचन क्षेत्र कास्की २ भित्र पर्दछ । कास्की २ मा १४ मंसिरमा उपचुनाव हुँदैछ । २:४५ बजे भएको विस्फोटको प्रहरी र परिवार दुवैले पुष्टि गरेका छन् । विस्फोट कसले गरायो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले शंकास्पद व्यक्तिहरुमाथि निगरानी गरिरहेको बताए । वडाध्यक्ष शिव आचार्यको घर भने वडा नं १७ विरौटामा छ । घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा विस्फोट भएको थियो । वडाध्यक्ष शिव आचार्यले सुतिरहेको अवस्थामा ठूलो आवाज आएपछि मात्र थाहा पाएको बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D