gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय थप, गुल्मीमै अब एमबिएस अध्ययन

अनिल खत्री
९ असोज, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले स्नातकोत्तरमा व्यवस्थापन संकाय थप गरेको हो ।

त्रिभुवन विश्वविद्यालबाट सम्बन्ध प्राप्त क्याम्पसमा शिक्षा संकायमा मात्र स्नातकोत्तर सम्म अध्ययन गर्न पाइने व्यवस्था थियो । यसै शैक्षिक सत्रबाट सुरु गरिएको व्यवस्थापन संकायमा ६१ जना बिद्यार्थी अध्ययनको लागि भर्ना भएको क्याम्पसले जनाएको छ । क्याम्पसले व्यवस्थापन संकायको कक्षा सुरु गर्नु पूर्व प्राध्यापक, सञ्चालक समिति, बिद्यार्थी बिच अभिमुखिकरण गरेको छ ।

यस क्षेत्रका बिद्यार्थीलाई मध्य नजर राखेर सेवा थप गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए । जसले गर्दा गुल्मी जिल्लामा रहेर उच्च शिक्षा हासिल गर्न पाइने भएको छ । जिल्लामा बिभिन्न संकायमा स्नातक तहसम्म मात्रै अध्ययन गर्न पाइने व्यवस्था रहेको छ । उच्च शिक्षा अध्ययन गर्नका लागि बुटवल काठमाडौं जानुपर्ने बाध्यता थियो ।

गुल्मी जिल्लाकै शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालन सामूदायिक स्तरबाट सञ्चालन हुँदै आएको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D