रेसुङ्गा बहुमुखी क्याम्पसमा नयाँ सञ्चालक समिती, राजनितिक भाग बन्डाका आधारमा छानिए

अनिल खत्री
२५ असार, गुल्मी । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसको सञ्चालक समिति गठन भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसको बुधवार ३४ औं क्याम्पस सभाले सहमतीमा ११ सदस्यि सञ्चालक समिति गठन गरेको हो ।

समितिको सदस्यमा राजेन्द्रप्रसाद श्रेष्ठ, दुर्गाप्रसाद पाण्डे,धर्म बिश्वकर्मा अर्जुनप्रसाद आचार्य, महेन्द्र भण्डारी, श्यामकुमार पाण्डेय, पूर्ण केसी, यज्ञप्रसाद पन्थी, हरिलाल न्यौपाने, बिष्णुप्रसाद पोखरेल, गंगादेवी पाण्डेय चयन भएका हुन् । राजनितिक भाग बन्डाका आधारमा सहमती गरेर नयाँ सञ्चालन समिति चयन गरिएको हो ।

गत पुसमा क्याम्पसको वार्षिक उत्सव र क्याम्पस सभाले नयाँ कार्य समिति चयन गर्नुपर्ने भएपनि निर्वाचन समिति गठन गरेर समय माग गरिएको थियो । सञ्चालन समितिले पहिलो बैठकबाट अध्यक्ष पदका लागि एकल नाम त्रिभुवन बिश्वबिद्यालयमा सिफारिस गर्ने रेसुङ्गा बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर खत्रीले बताए ।

सिफारिस नाम स्वीकृत भएर आएपछि समितिको पूर्णता हुनेछ । केहि महिना अघि क्याम्पसले क्यूएए सर्टिफिकेट पनि प्राप्त गरेको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D