gulminews logo
शनिबार, २०८१ बैशाख १५

रेसुङ्गा क्याम्पसका विद्यार्थीहरु आन्दोलित

हुमाकान्त पोखरेल
६ मंसिर, गुल्मी । क्याम्पसको भौतिक सुधारको लागि पटक–पटक आग्रह गर्दा पनि क्याम्पस प्रशासनले ध्यान नदिएको भन्दै रेसुङ्गा बहुमुखि क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।

क्याम्पसको लाईब्रेरीमा आवश्यक पुस्तक नभएकोले त्यसको ब्यवस्था गर्ने, जाडोमा तातो खानेपानीको ब्यवस्था लगायतका कुराहरु यसअघि नै स्ववियु र प्रशासनबिच सहमति भएको सभापति श्रीराम मतहतले बताए ।

तर क्याम्पसले आफूहरुलाई हल्का रुपमा लिएर सम्झौता कार्यन्वयन नगरेको विद्यार्थीहरुको आरोप छ । बुधबार स्वतन्त्र विद्यार्थी युनियनको बैठक नै बसी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

जसअनुसार मंसिर ७ गते बिहिबार क्याम्पस प्रमुखको कार्यकक्ष अगाडी धर्ना दिने, ८ गते क्याम्पसमा तालाबन्दि गर्ने, १० गते क्याम्पस प्रशासन घेराउ गर्ने र ११ गते क्याम्पसमा प्रदर्शन गर्ने निर्णय गरिएको स्ववियु सभापति महतले जानकारी दिए ।

लामो समयदेखि क्याम्पसमा पुस्तकालयको अभाव रहेपनि क्याम्पस प्रशासनले त्यसमा ध्यान दिएको थिएन् । बि।एड्। तेस्रो बर्षका विद्यार्थी दशरथ पाण्डे पनि आफूहरुले पुस्तकालयमा किताब नपाएको गुनासो गरे ।

‘बाहिर पुस्तकालयको सुविधा छ भनेर प्रचार गर्ने’ उनले भने, ‘तर पुस्तकालयमा पुस्तक छैन ।’

यहि समस्यालाई मध्यनजर गर्दै मंगलबार स्ववियुको टिमले स्थानिय एक स्टेशनरिबाट विभिन्न संकायका ५९ प्रति पुस्तक ल्याएका थिए ।

ति पुस्तकलाई पुस्तकालयमा दर्ता गर्नका लागि बुधबार क्याम्पसका विद्यार्थी नेताहरुले क्याम्पस प्रमुख हरी बहादुर खत्रीलाई भेटेका थिए ।

तर खत्रीले भने क्याम्पससँग समन्वय नै विद्यार्थीहरुले किताब ल्याई क्याम्पसमाथि आर्थिक हस्तक्षेप गर्न खोजेको भन्दै दर्ता गर्न नसकिने जवाफ दिएपनि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

‘स्ववियुले क्याम्पसको आर्थिक पाटोमाथि नै हस्तक्षेप गर्न खोज्यो ।’ क्याम्पस प्रमुख खत्रीले भने, ‘क्याम्पसभित्र गर्ने क्रियाकलापको बारेमा प्रशासनलाई जानकारी गराउनुर्छ ।’ तर स्ववियु सचिव नविन अर्यालले भने क्याम्पस प्रमुखकै सल्लाहमा पुस्तक खरिद गरेको बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D