gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

रूपाकोटका काउले दाईको हत्या आशंकामा एकजना पक्राउ, थप अनुसन्धानको लागि तम्घास चलान

रामकृष्ण कंडेल
गुल्मी, पुस ७ । गुल्मीको रूपाकोटका काउले दाई (देबिराम भन्डारी) को हत्याको आशंकामा सन्तोष घर्ती पक्राऊ परेका छन। गुल्मीको चन्द्रकोट गॉऊपालिका वार्ड नं ८, तुराङ घर भएका २० बर्षीय घर्तीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यलय तम्घासमा अनुसन्धानको लागि लगेको बताईएको छ। घटनाको बारेमा अनुसन्धान भई रहेको र समय अभाबको कारण म्याद थप गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले हामी संगको कुराकानीमा बताए ।

हत्या पश्चात के भन्छन मृतकका आफन्त ?

आफ्नो मावली हजुरबाको हत्यानै गरिएको र हत्यारालाई कडा भन्दा कडा कार्बाही गर्नु पर्ने नाती प्रकाश भन्डारीको माग छ। दोषिलाई कुनै बहानामा जोगाउने प्रयास कहि कतैबाट भएमा आफुहरू चुप लागेर नबस्ने मृतकका नाती प्रकाशले बताए । प्रहरी प्रशासनले हत्यारा पत्ता लगाई कडाभन्दा कडा कार्बाही गरेको हामी देख्न चाहान्छौु घटना पश्चात युरोपबाट नेपाल आएका मृतकका नाती प्रकाशले बताए ।

गुल्मीको चन्द्रकोट गॉऊपालिका वार्डनं ७, रूपाकोटको खोलाखेतमा पुस ५ गते मृत अबस्थामा काउले दाई भेटिएका थिए । रूपाकोटको देऊराली भन्ने ठॉऊमा स्थायी ठेगाना भई रूपाकोटका शंकर गैरेको खेत ठेक्का गर्दै आएका बर्ष ७१ का भन्डारीको हत्या भएको थियो। यस घटना पश्चात स्थानियले आफुहरू असुरक्षित भएको बताएका छन । सबैको एऊटै माग छ दोषि पत्ता लगाई कडा भन्दा कडा कार्बाही होस।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D