gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

रुपन्देही अस्थायी राजधानी तोकिएपछी रुपन्देहीमा दीपावली सहित खुसीयाली मनाइदै

रुपन्देही, ३ माघ । बुटवललाई ५ नम्बर प्रदेशको अस्थायी मुकाम तोकिएपछी बुटवलमा दिपावली सहित खुशीयाली मनाईएको छ । बुधवार बेलुका बुटवलको मिडिया चोकमा मैनबत्ती बालेर दिपावली गरिएको हो ।

सरकारले प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही बनाएपछि रुपन्देहीका राजमार्ग चाैराहा, मणिग्राम, सैनामैना, देवदह लगायतका स्थानहरुमा पनि दीपावली गरेर स्थानियहरुले खुशीयाली मनाएको जानकारी प्राप्त भएको छ ।

उता दाङमा भने सरकारले प्रदेश ५ को अस्थायी मुकाम रूपन्देही तोकेपछि आन्दोलन चर्किएको छ । बुधबार विहानैदेखि प्रदर्शन गर्दैै आएका आन्दोलनकारीले सरकारले दिउँसो रुपन्देहीलाई अस्थायी राजधानी तोकेपछि थप आक्रोशित भएका छन् । मन्त्रिपरिषदको निर्णय लगत्तै आन्दोलनकारीले घोराही, तुलसीपुर, लमही लगायतका स्थानमा टायर बालेर विरोध जनाएको जानकारी प्राप्त छन् ।

मन्त्रिपरिषद बैठकले बुधबार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीमा अस्थायी मुकाम तोकेको छ । अस्थायी मुकाम तोकेको विरोधमा प्रदेश २ को वीरगञ्ज, प्रदेश ५ को दाङ र प्रदेश ७ को दिपायलमा बुधबारदेखि नै आन्दोलन सुरु भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D