gulminews logo
शनिबार, २०८१ बैशाख ८

रिडर्सको २८ औं वार्षिक उत्सव: सम्मान, सचेतनादेखि गीत संगितको रौनक

गुल्मी, ६ पुस । रिडर्स पब्लिक हाई स्कुल तम्घास गुल्मीको २८ औं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको प्रमुख अतिथी रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले उद्घघाटन गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै भुसालले रिर्डसको आफ्नै गरिमा भएकाले शैक्षिक सफलताको शुभकामना दिए । शिक्षाको क्षेत्रको विकासमा निजी र सामुदायीक बिद्यालयको भुमिका एउटै हुने भएकाले सरकारले दुवै क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले वार्षिक उत्सवको अवसरमा संचालन भएका विभिन्न खेलकुद प्रतियोगीतामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए । कार्यक्रममा कोभिड १९ को कारण रोकिएको ०७७ सालको पुरस्कार पनि वितरण गरिएको स्कुलका प्रिन्सिपल श्रीप्रसाद भलामीले जानकारी दिए ।

त्यस्तै बार्षिक उत्सवकै अवसरमा विभिन्न बिद्यार्थी एवं शिक्षिकाहरुबाट सांस्कृतिक नृत्य र सामाजिक संजाल तथा संगतले पार्ने प्रभावसहितको लागुपदार्थ दुव्र्यसनीसंग सम्बन्धित सचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममै कक्षा ८ मा अध्ययनर विद्यार्थी १४ बर्षीय सौगात घिमिरेले स्थानीय सामग्रीको प्रयोग गरेर हाइड्रोलिक डोजर निर्माण गरेर प्रर्दशन गरेका थिए । घिमिरेलेको सृजनशिलताको कदर गरेर स्कुलको तर्फबाट मेडलसहित सम्मान गरिएको स्कुलका सहायक प्रिन्सिपल टीका भलामीले जानकारी दिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापा, पूर्व शिक्षक अभिभावक संघ अध्यक्ष गुणानिधि शर्मा, रेसुङ्गा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष भरत भलामी, वडा नं १ का वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेय, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापा, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतको उपस्थित रहेको थियो । विद्यालयका कार्यकारी अध्यक्ष तथा संस्थापक प्रिन्सिपल श्रीप्रसाद भलामीको अध्यक्षता, मेयर भुसालको प्रमुख आतिथ्यता, शिक्षक सरोज खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्रशासन संयोजक पुष्कर खड्काले गरेका थिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D