gulminews logo
शनिबार, २०८१ बैशाख १५

रिघामा पिसिआर परिक्षण नेगेटिभ आएका घर फर्कदै

तिलक मगर
रिघा, २७ जेठ । बाग्लुङको गल्कोट नगरपालिका वडा नं ११ रिघामा बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि वडा कार्यलय तथा विपत व्यावस्थापन समिति रिघा स्वास्थ्य चौकी निरन्तर रुपमा खटिरहेको छ । जस अन्तर्गत अहिले सम्म गल्कोट नगरपालिका रिघामा ४० जना क्वारेनटिनमा रहेको र मनेवा आधारभुत बिधालयमा रहनुभएको ९ जनाको पिसिआर चेक गर्दा नेगेटिभ देखिए पछि बिदा गरिएको छ ।

त्यतै छिचिम्रा पोखरीमा रहेका ४ जनामा पनि पिसिआर चेक गर्दा नेगेटिभ देखिए पछि फेरी होम क्वारेनटिनमा बस्ने गरि बिदा गरिएका वडा अध्यक्ष डम्बर बहादुर श्रीसले जानकारी दिनुभयो । साथै क्वारेनटाईन व्यावस्थापनको लागि फेदि प्राबिमा राम बहादुर कुमालको संयोजक्त्वमा ५ जनाको क्वारेनटिन सहयोग उपसमिति समेत गठन गरिएको छ । त्यसैगरि क्वारेनटिनमा बसेकालाई व्यावस्थापन तथा निगरानी साथै सचेतना फैलाउन रिघाका शिक्षकहरुलाई तोकिएको क्वारेनटिनमा खटाउने निर्णय गरिएको र स्वास्थय स्वयंसेविकालाई पालै पालो रेखदेखको परिचालन गरिने वडा अध्यक्ष डम्वर बहादुर श्रीसले जानकारी दिनु भएको छ ।

सोमवारको सचेतना तथा विदाई कार्यक्रमा गल्कोट नगरपालिकाका उप मेयर रेनुका काउचाले वडा न ११ का अध्यक्ष डम्वर बहादुर श्रीस बिपद व्यावस्थापन समितिका सदस्य तुल बहादुर श्रीस अहेव दिल बहादुर श्रीसले क्वारेनटिनमा बसेका व्याक्तिहरुको जानकारी लिदै सबैलाई नआत्तिन अनुरोध गर्नु भएको थियो । आज मंगलवार बिहान ११ बजे देखि फेरी पिसिआर जाच गर्न लागिएको अध्यक्ष श्रीसले जानकारी दिनु भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D