gulminews logo
शनिबार, २०८१ बैशाख ८

रङ्गीचङ्गी फूल, झिलीमिली गाउँबस्ती – उज्यालो तिहार

सुनिता कंडेल
रात अधेरी तर यहाँ बत्तिहरुले उज्यालो छाएको छ । औंशीको मध्य रात तर, बत्तीहरुको उज्यालोले सबैका घर गाउँ बस्ती र सबैको मन उज्यालो छ तिहार पर्वले । तिहारको लागि चारैतिर ढकमक्क फूलेका रङ्गीचङ्गी फूलहरु त्यसैमा यो छुट्टै खालको मौसमले बाताबरणलाई मात्र होइन सबैको मनलाई रङ्गीचङ्गीे र उत्साहित बनाएको छ ।

जता हेर्दा पनि मन चङ्गा हुने सबैको मनलाई फुर्काइदिने यो पर्वमा लामो समयसम्म टाढिएका दिदीबहिनी दाजुभाइको मिलनले अझ खुसी र रमाइलो थपिदिएको हुन्छ । तिहार पर्व नेपालीहरुको दोस्रो ठूलो महान पर्वको रुपमा मनाइने गरिन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने यस पर्वलाई यमपञ्चक भनिन्छ । बहिनी यमुनाले दाजु यमराजलाई पाँचदिन आफ्नो घरमा राखेर पूजा गरेकी थिइन् । सोहि मान्यता अनुसार यमपञ्चक रहेको हो भन्ने कथन छ । तिहार पर्वको पहिलो दिन कागको पूजा हुन्छ । दोस्रो दिन कुकुरको, तेस्रो दिन गाई र धनकीदेवी लक्ष्मीको, चौथो दिन गोरु तथा गोवर्धन पहाडको र पाँचौँ दिन दिदीबहिनीले दाजुभाइको र दाजुभाइले दिदीबहिनीको पूजा गर्ने परम्परा छ ।

पहिलो दिन यमराजको दूत र चलाख कागको पूजा हुन्छ भने दोस्रो दिन स्वामीभक्त कुकुरको पूजा हुन्छ । तेस्रो दिन औँसीको रातमा धनदाता महालक्ष्मीको पूजा गरिन्छ भने लाग्दो प्रतिपदामा लक्ष्मीकै रुपमा गाईको पूजा गरिने परम्परा रहि आएको छ ।

औँसीको रातमा नारीहरुले घरमा हरियो गोबरले लिपेर लक्ष्मीको पूजा गरी देउसीभैलो खेलेर घरधनीलाई आशीर्वाद दिने परम्परा पनि निकै रमाइलो छ । पर्वको चौँथो दिन भगवान् शिवको वाहन गोरूका साथै गोवद्र्धन पर्वतको पनि पूजा गरिन्छ । गोबरको पर्वत बनाएर पूजा गर्दा घरमा लक्ष्मीले बास गर्ने र धनसम्पत्तिको कहिल्यै खाँचो नहुने भनाइ रहेको छ । पाँचौँ दिन भाइतिहार मनाइने गरिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई टिका लगाइ मखमली र सयपत्रि फूलको माला लगाइदिने गर्दछन् ।

टिका लगाएर सेलरोटी, बदाम, ओखर, काजु, नरिवल लगायतका मिष्ठान्नका परिकारहरु खान दिने प्रचलन रहि आएको छ । टिका पछि घरघरमा देउसी भैलो खेल्ने गरिन्छ । तर आजभलि देउसी भैलोमा मौलिकता भन्दा पनि रमाइलो र पैसा जम्मा गर्नको लागि मात्रै खेलीदै आएको छ ।
आफै गीत गाएर भन्दा पनि बजारमा आएका बिभिन्न खाले हिन्दि तथा पप गीतहरु बजाएर देउसी भैलो खेल्ने प्रचलन वढेको छ । नयाँ पिढिले पुरानो संस्कृतिलाई सिको नगर्नु,साथै भित्रिएकोे बढ्दो प्रबिधि र आधुनिकताले देउसी भैलोमा नयाँ पन मिस्सिएको छ । अहिले बजारमा देउसी भैलोसँगै तिहारमा प्रयोग हुने अन्य सामाग्रीहरुमा पनि नयाँ पन आएको छ ।

तिहारमा प्रयोग हुने माटामा पालाहरु र चिउरिका पातको आफै बनाएर बालिने दियोको सट्टा बिभिन्न बिद्युतिय सामाग्रीहरु पनि बाल्न थालिएको छ । प्रबिधीको वढ्दो प्रयोगसँगै पर्वहरुमा पनि यसले ढाक्न थालेको छ । गाउँगाउँमा बिद्युतिय सेवा पुग्दै जानु, माटाको दियो बनाउन पनि छोडनु र बिभिन्न नयाँ खालका प्रबिधिहरु आउनुले पनि माटाको दियो सट्टा बिद्युतिय सामाग्रीहरु प्रयोग हुन थालेका हुन् । अर्को तर्फ तिहारमा लगाइने फूलका मालाको सट्टा पनि कृत्रिम मालाहरु प्रयोग हुने क्रम वढ्न थालेको छ ।

गाउँमा प्रशस्त मात्रामा फूलहरुको खेती नगर्नुले पनि कृत्रिम माला तथा अन्य देशहरुबाट आयातित मालाहरु प्रयोग गर्ने प्रचलन वढेको छ । यसमा पाकापुस्ताको चिन्ता रहेको छ । तिहारमा अर्को मान्यताको रुपमा जुँवा तास रहि आएको छ । पर्व बिशेषमा खेल्दै गरिने जुँवा तासले भबिश्य माथी नै हानि गर्ने सम्मका बिकृतिहरु पनि देखिने गरेका छन् । मनोरञ्जनको बाहनामा खेलिने जुँवा तासले परिवार र आफनो व्यक्तित्व माथी नै हानि गर्दछ । पर्वको बाहनामा खेलिने यस्ता जुँवा तासले समाजमा पनि बिभिन्न बिकृतिहरु निम्त्याउन सक्दछ । त्यसैले पनि जुँवा खेलेर मनोरञ्जन गर्नु पर्छ भन्ने मान्यतालाई अन्त्य गर्नु पर्दछ ।

सबैको जिन्दगी तिहारमा फूलेका फूलजस्तै रङ्गिचङ्गि बनोस, दिगो र पालामा बलेका बत्तीहरु जस्तै झलमल्ल होस् । देउसिभैलो मा बिकृति नआओस् । आगनिको डिलमा ढकमक्क मखमलि सयपत्रि फूल फूलेर कृत्रिम मालाको अन्त्य होस् । पहिलेदखि चलिआएको संस्कृतिको संरक्षण होस् । पर्वको नाममा खेलिने जुँवा तासको अन्त्य गरौ । तिहारको शुभकामना ।।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D