gulminews logo
बिहीबार, २०८१ बैशाख ६

रक्सी खाएर आफ्नै घरमा आगो लगाउने रानाको परिवारलाई सहयोग हस्तान्तरण

अनिष पाठक
खर्वाङ, १० जेठ । गुल्मीन्युज सहित स्थानिय विभिन्न संचारमाध्यममा बडिगाड २ सिमलचौरमा भएको आगलागिको समाचार प्रकाशित भएपश्चात उक्त पिडित परिवारलाई सहयोग जुट्न थालेको छ । यसैविच आज गलकोटको एक परोपकारी संस्था स्वयं सेवी समूह गलकोटले दिप ज्योति युवा परिवार बडिगाड २ को समन्योयमा राहात सामार्गि प्रदान गरेको छ ।

स्वयं सेवी समूह गलकोट ३ का संयोजक विष्णु रेग्मी र सदस्य पदम श्रेष्ठ द्वारा ६० केजी चामल, एक एक थान बाल्टी, ओदान, दिउरी साथै एक एक पोका तेल चीनी, चिया पत्ती, मसला लगाएतका समार्गि सहित २ हजार रकम समेत उक्त राधिका रानाको परिवारलाई प्रदान गरिएको दिप ज्योतिका कोषध्यक्ष हरि चालिसेले जानकारी दिनुभएको छ ।

यसैबिच नेपाल रेडक्रस सोसाइटी दगातुन्डाँडा उपशाखा खर्वाङले पनि राना परिवारलाई एउटा त्रिपाल, १ बोरा चामल, २ केजि दाल, १ लिटर तेल र १ केजि नुन सहयोग गरेको छ । रेडक्रस उपशाखाका सभापति होमनाथ अर्याल, वडा अध्यक्ष ढाल प्रसाद शेरचन ले पिडित राधिका रानालाई राहत सामाग्रि हस्तान्तरण गर्नुभएको थियो ।

गत बुधबार घर धनि सुरज मदिराले माती घरमा श्रीमति राधिका र छोरा छोरीलाई पिट्न थालेपछि भागेको र सोहि समयमा सुरजले नै आफ्नै घरमा आगो लगाएको स्थानियले बताएका छन्। पिडित राधिकाले श्रीमान्ले आफुहरुलाई कुट्न थालेपछि छोराछोरी हातमा लिइ ज्यान वचाउँन छिमेकीको घरमा पुगेको त्यतिनै बेला रिसले चुर भएका श्रीमान्ले आगो लगाएको बताइन्। घरमा आगो लगाएर घरभित्रै बसेका सुरजलाई तत्कालै जुटेका स्थानियले घर भित्रैबाट निकालेका निकालेका थिए।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D