gulminews logo
शुक्रबार, २०८० चैत्र १६

यौन उत्पिडन सहँदै ज्यान गुमाएकी नमुनाका श्रीमान कष्टडीमा

प्रेम सुनार
बुटवल, १५ भदौ । केहि दिन अघि रुपन्देहीको कोटीहवामा झुण्डिएको अवस्थामा मृत फेला परेकी एक महिलाका श्रीमान श्रीमति हत्या आरोपमा प्रहरी कष्टडीमा परेका छन । मृत्युको आठ दिन अघि सम्म श्रीमानको पटक पटकको यौन उत्पिडन सहन नसकेको पिडा बाबु आमालाई समेत सुनाउन बाध्य भएकी तिलोत्तमा –१५ कोटीहवाकी २४ बर्षिय नमुना लम्साल घिमिरे आफ्नै घरको पंखामा साउन २८ गते झुण्डिएको अबस्थामा मृत फेला परेकी थिईन ।

उनलाई आफ्नै श्रीमान धुर्ब भनेर चिनिने धिरज घिमिरेले हत्या गरी झुण्डिाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिई मुद्धा चलाईएको बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिल्ली मल्ल आज जानकारी दिएका हुन । गत माघ २४ गते नमुनाको पेशाले ईञ्जिनियर घिमिरे संग मागी बिबाह भएको थियो । बिबाह पछि श्रीमानको यौन उत्पिडनबाट उनि पाठेघरको समस्यामा थिईन । मृत्युको केहि दिन अघि मात्र उनले पाठेघरको अप्रेशन गरेकोले दुखाईको पिडामा थिईन । उनि कोठाबाट निस्कन नसक्ने र भित्रै स्यार सुसार गर्नेहरुको खाँचो थियो ।

सुरुमा सैनामैना नगरपालिका–२, सोरौलीका नमुनाका बाबु गोविन्द प्रसाद लम्साले किटानी प्रहरीले किटानी जाहेरी दिन जाँदा प्रहरीले लिन मानेको थिएन । त्यस विरुद्ध नमुनाका माईतीजनले प्रहरी कार्यालय घेराउ र नारावाजी लगायतको दवाव दिए पछि बल्ल प्रहरी जाहेरी लिएर उनका श्रीमानलाई पक्राउ गरेको थियो ।

‘‘छोरीको संकास्पदरुपमा हत्या गरिएको र नयाँ कानुन लाग्नुपूर्व नै बदनियत ढंगले हत्या गरेर पंखामा झुडाएको हो । माइत गएर फर्केको ८ दिन पछि यस्तो घटना भयो,नानुले माइत आउदा आफूलाइ श्रीमान्ले जर्बजस्ती यौन उत्पिडन दिने,हिंसा गर्ने गरेको सुनाउथिन्, अहिले यसरी हत्या नै गरियो –नमुनाका बाबुले यस्तो बताउँदै आएका छन ।

नमुना त्यस्तो अवस्थामा मृत फला परेको जानकारी उनका ससुराले बाबुलाई गराएका थिए । घिमिरेका परिवार राजनैतिक पहुँच भएको हुँदा प्रहरीले सुरुमा मुद्धा दर्ता गराउन नमानेको माईतीजनको आरोप रहेको छ । डिएसपी मल्ले भने –‘ कुनै पनि दवावमा नपरी निजलाई १२ दिन अघि देखि नियन्त्रणमा लिई मुद्धा चलाईएको छ र सुक्ष्मढंगले अनुसन्धान गरिदैछ । तस्वीर मृतक नमुनाको

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D