gulminews logo
शनिबार, २०८१ बैशाख ८

योग्य उम्मेदवारको छनोट र मताधिकारको सदुपयोग

प्रकाश भण्डारी “बिवेक”
अचेल घर छेउछाउका चौतारा चिया पसल, किराना तथा होटल रेष्टुँरा होस या यात्राको क्रममा सवारी साधनमै किन नहोस कुन दल र उम्मेदवार लाई भोट हाल्ने भन्ने आम जनमानसका जिज्ञासाहरु बाक्लै सुन्न र देख्न पाईन्छ । स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भए पश्चात आम नागरीकहरुमा आफनो मताधिकारको सदुपयोग गर्न र समुदायको बिकासका लागी उम्मेदवार हरु कस्तो छान्ने भन्ने कौतुहलता बढ्नु स्वभाविक हो । आम जनताका अडकलबाजी, तित्तता, अन्यौलताहरु छिचोल्दै अबको प्रदेश र केन्द्रको (प्रतिनिधि सभा) को निर्वाचन तोकिएकै मिती र समयमा सम्पन्न हुनेमा सायदै कसैमा पनि द्धिविधाहरु छैन होला । बिभिन्न पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरु आफु निकटका उम्मेदवारको चुनावी प्रचारमा बिकासका नारा लगाउँदै गाउँ समाज तथा टोलटोलमा बाक्लो उपस्थिति देखाएका छन् । हरेक बर्ग र समुदायका व्यक्तिहरु राजनीतिक दलको धारणा, चुनावी नाराहरु तथा बिकासका एजेन्डाहरुमा अनभिज्ञ छैनन् भन्नु त्यती उपयुक्त नहोला ।

prakash bhandariगाँउ समाजमा हरेक उमेर बर्ग र समूहका बिभिन्न व्यक्तिहरुमा विकासका प्रलोभनहरु देखाएर हरेक राजनीतिक दलका उम्मेदवारहरुले भmण्डा बोकेर हिड्न बाध्य बनाईरहेको अवस्था छ । हरेक चुवानमा जस्तै बिभिन्न प्रलोभन तथा बिकासका नाराहरु लगाउदै उम्मेदवारहरु मतदाता हरु समक्ष पुगेको यो मात्र नौलो र फरक घटना भने पक्कै होईन् । निर्वाचनका बेला बाक्लै उपस्थिति देखाउने उम्मेदवार तथा तिनका नजिकका कार्यकर्ता हरु चुनाबी माहोल सकिए पश्चात र बिजयी भएपश्चात मतदाता को गाँउ सम्म पनि नफर्केका समाचारहरु आम जनताहरुले सुनेका र प्रत्यक्ष नभोगेका पनि होईन । निर्वाचनमा जहिले पनि मतदाताहरुलाई सर्बोत्तम व्यक्ति तथा उम्मेदवार छान्ने जिम्मेवारी सधै आउँछ तर औँलामा गन्न मिल्ने उम्मेदवारहरु मात्र जनताको भोटको सदुपयोग गरेको पाईन्छ । पदीय लोलुपता र कुर्ची मोहका कारण उम्मेदवारहरुले चुनाव पश्चात चुनावमा भिडेको जिल्ला र मतदाता हरुको गाँउटोलका समस्या समाधान गर्न त परै जाओस जिल्ला समेत नफर्केका घटनाहरु सर्बबिधितै छन् ।

योग्य र सक्षम उम्मेदवार छनोट गर्दे आफनो हक अधिकारको सुनिश्चित गर्न र समुदायको बिकासका पहरेदारको रुपमा रहेको उम्मेदवारलाई छनोट गर्नु आम जनसमुदायको अधिकार र जिम्मेवारी हो ।

चाहे उम्मेदवारहरु केन्द्रिय तहका हुन या स्थानीय तहका उनीहरुले उठाउने गरेका चुनावका नारा तथा एजेण्डाहरुले आम नागरीकहरुलाई दिगो समयसम्म स्थायित्व कायम गर्न र बिकासको सुनिश्चितता दिलाउन सक्नु पर्दछ । त्यसैले आफनो मताधिकारको सही मूल्यांकन गरेर मात्र उम्मेदवार छान्नु जरुरी छ । बिकासका नाराहरु का पछि लागेर मात्र उम्मेदवार को छनोट गर्नु त्यति उपयुक्त होईन् । हामीहरु पूर्ववत समुदायको व्यक्ति तथा उम्मेदवारमा वढी झुकाव राख्नु उसै सँग घुलमिल हुनु या उही नै सही उम्मेदवार भनेर निश्चय गरिसकेका हुन्छौँ तर नातागत हिसावले तथा चिनेजानेको तबरले मात्रै उम्मेदवार छनोटमा फरकपना आउन सक्छ । एउटा केन्द्रिय तहका हुन या स्थानीय तहका उम्मेदवार उसको समुदायको बिकासमा बढी योग्यता र दायित्व रहने हुँदा मूख्य रुपमा आफनै कुरामा अडिग रहन सक्ने, कसैको कुराको पछि नलाग्ने, तपाई आफनै क्षेत्रको, बाहिरी तत्वले प्रभाब पार्न नसक्ने र बहकाउमा नलाग्ने, नाताबाद को पछी नलाग्ने, सत्य र असत्य के हो भन्ने मुद्दामा न्यायका लागी वकालत गर्न सक्ने, समुदायको समस्या समाधान गर्न सक्ने र बिकासका लहरहरु संस्थागत गर्दे आम जनसमुदायमा बिकासको महसुस दिलाउनसक्ने योग्य कर्मठ कुनै उजुरबाजुर नलागेको सही उम्मेदवार छनोट गर्नु र तपाईका मागहरु तथा आवश्यकताको सम्बोधन गर्न उपल्लो निकायहरुमा घचघचाउन सक्ने क्षमतावान उम्मेदवारको छनोट गर्नु तपाईँ हाम्रो प्रमुख दायित्व हो ।

उम्मेदवारले बिगतमा गरेका राम्रा नराम्रा कार्य, आफना चुनावी नारामा कटिबद्ध छ छैन, उसको नेतृत्वमा बिगतमा भएका केही उल्लेखनीय र प्रशंसनीय काम छ छनै, उसले उक्त जिम्मेवारी कति समयमा के कसरी सम्पन्न गर्यो वा गरेन, उसको सामाजिक पृष्ठभूमी र उसको स्थानको बारेमा पनि निक्र्योल गर्नु जरुरी छ । आफुले मताधिकारको सदुपयोग गर्न चाहेको र छानेको योग्य उम्मेदवार सम्बद्ध राजनीतिक दलका उम्मेदवारका चुनावी घोषणा पत्र, पर्चा पम्पलेट तथा टिभी एफ.एम हरुमा आउने अन्र्तवार्ता बाट पनि मैले भोट हाल्ने उम्मेदवार के कस्तो छ भन्ने बारेमा जानकारी लिन सकिन्छ । धेरै चिल्ला र बिकासका नारा लगाउने भन्दा पनि खस्रा र थोरै कुरा गर्ने र कुरा भन्दा परिणाम देखाउन सक्ने क्षमता रहेका उम्मेदवारको टनोट गर्नुपर्छ । सकभर मतपत्र बदर नहुने अवस्था सिर्जना गर्दे मतदाता शिक्षा मा जोड दिनु र आफना कार्यकर्तालाई गाँउ टोलका घर दैलोसम्म पुगेर मतदातालाई भोट हाल्ने तरिका तथा भोट बदर हुने तरिकाको बारेमा सिकाउनु निर्वाचन क्षेत्रका उम्मेदवारको जिम्मेवारी पनि हो । तसर्थ योग्य र सक्षम उम्मेदवार छनोट गर्दे आफनो हक अधिकारको सुनिश्चित गर्न र समुदायको बिकासका पहरेदारको रुपमा रहेको उम्मेदवारलाई छनोट गर्नु आम जनसमुदायको अधिकार र जिम्मेवारी हो । तसर्थ आफनो मताधिकारको सही सदुपयोग गरौँ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D