gulminews logo
बिहीबार, २०८१ बैशाख १३

यि तीन निर्णय गर्दै प्रदेश ५ को पहिलो बैठक सकियो

बुटबल,२१ माघ । तीन निर्णय गर्दै प्रदेश ५ को पहिलो बैठक सकिएको छ । प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने गरी स्थगित भएको छ । बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् ।

आइतबारको बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पनि पारित गरेको छ। बैठक प्रदेशसभाका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गरेका थिए ।

सुरुमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुले संबोधन गरेका थिए । प्रदेश ५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व छ ।

बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पूर्व, कपिलबस्तु र रुपन्देही जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष र समानुपातिक पद्धतितर्फबाट गरी ८७ सांसद रहेका छन् ।

आइतबारकै बैठकमा सभामुखले प्रदेश ५ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् । उक्त प्रस्ताव आइतबार नै पारित गरेर सभामुखको निर्वाचनको मिति पनि तोक्ने तयारी रहेको छ । -नागरिक आवाज डट कम

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D