gulminews logo
शनिबार, २०८१ बैशाख ८

यसरी भित्रियो गुल्मीमा निर्वाचन सामाग्री, चुनावी सरगर्मी पनि ह्वात्तै बढ्यो

टोपलाल अर्याल
गुल्मी, ९ मंसिर | निर्वाचन सामाग्री जिल्ला भित्रिएसँगै चुनावी रौनक थप बढ्न थालेको छ । दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभाका लागि आवश्यक चुनावी सामग्री जिल्ला आएका छन् ।

साथै कर्मचारी व्यवस्थापन देखि मतदाता शिक्षाका काम तिब्र भएका छन् । एक लाख ९६ हजार तीन सय ४२ मतदाताका लागि आवश्यक मतपत्र, नमुना मतपत्र, मतदाता शिक्षा सामाग्री सहितका अन्य निर्वाचन सामाग्री आएका हुन् । सामाग्री आएसंगै निर्वाचन कार्यालयका कर्मचारी र मुख्य निर्वाचन कार्यालयको व्यस्तता बढेको छ । निर्वाचन तयारी पनि अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले बताए ।

दुई प्रतिनिधि सभा र चार प्रदेश सभाका लागि उम्मेदवार मत माग्दै गाउ“गाउ“मा छन् । गाउ“सभा र घरदैलो अभियान चलाएका उम्मेदवारसंगै ग्रामिण क्षेत्रमा पनि चुनावी रौनक बढ्न थालेको छ । निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीका अनुसार केही अनुसूची फारम र निर्वाचन व्यवस्थापन निर्देशिका बाहेक अन्य आवश्यक सबै सामाग्री कार्यालयमा आईसकेको छ । २ निर्वाचन क्षेत्रका लागि एक सय ३८ स्थानका लागि दुई सय ४१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै मतदाता शिक्षाका लागि स्यंमसेवक पनि घरदैलोमा छन् । दुई सय ५१ मतदान केन्द्रका लागि मतदाता स्वयंसेवकले अहिले गाउँगाउँ छन् । ‘सवै जना स्वयसेवक गाउँमा छन्, उहाँहरु २० गतेसम्म पनि घरदैलौमा पुग्नुहुन्छ, निर्वाचन कार्यालयका प्रमुख गणेश बहादुर खत्रीले भने,‘ अरु धेरै काम सकिए ।’

कर्मचारी व्यवस्थापनको काम पनि तिव्र रुपले भैरहेको छ । आइतबारसम्म सबै कर्मचारीको नाम टुङ्गो लगाएपछि मंसिर ११ देखि १६ सम्म मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने खत्रीले बताए । त्यो बाहेक संचारकर्मीका लागि मतदाता शिक्षा तालिम पनि सकिएको र नमूना मतदानको काम शुरु भएको उनले बताए । कार्यालयले मतदाता शिक्षाका लागि जिल्लाका ६ स्थानमा नमुना मतदानको तयारी गरेको छ ।

करिव तीन हजार कर्मचारी खटिने

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको व्यावस्थापन पनि अन्तिम चरणमा पुराएका छन् । प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि करिव तीन हजार कर्मचारी परिचालन हुँदैछन् । नौ सय ९७ सहायक कर्मचारी, पाचँ सय दुई जना कार्यलय सहयोगी र नौ सय ९६ स्वयम्सेवक गरी दुई हजार नौ सय ९७ सय कर्मचारी खटिने निर्वाचन कार्यालयका नायव सुब्बा श्यामलाल पाण्डेयले बताए ।

यो कर्मचारीको सङ्ख्यामा म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकायको सङ्ख्यामा जोडिएको छैन् । गुल्मीमा कुल एक लाख ९६ हजार तीन सय ४२ जना मतदाता रहेका छन् । जसमध्ये निर्वाचन क्षेत्र नम्बर एक मा एक लाख पाँच हजार चार सय २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा ९० हजार नौ सय १७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D