gulminews logo
बुधबार, २०८१ बैशाख १२

मौलिक तीज गीत “छ्याई छ्याई कडिया…..” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
मौलिक तीज गीत “छ्याई छ्याई कडिया….” सार्वजनिक भएको छ । बर्षौँदेखी सुन्दै आएको तीज गीत चर्चित गायिका टिका पुन र गायक रामचन्द्र चन्दको स्वरमा रेकर्ड भएर बजारमा आएको हो ।

निर्मला रायमाझीको शब्द तथा लय संकलनमा तयार भएको गीत सेरोफेरो नेपालले बजारमा ल्याएको हो । गायक रामचन्द्र चन्द स्वयंको संगीत संयोजन रहेको गीतको मिक्सिङ हेमराज डाँगीले गरेका हुन् ।

गीत सेरोफेरो नेपालको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । “हजुरआमाको पाला देखी नै सुन्दै, गाईँदै आएको यो मौलिक गीतलाई रेकर्ड गरेर समस्त स्रोताहरु माझ ल्याउन पाउँदा अत्यन्तै खुशी लागेको छ” गायक तथा सेरोफेरो नेपालका संचालक बैकुण्ठ रायमाझिले भने, “पछील्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको बेलामा हामीले पुरानो मौलिक भाकालाई टपक्क टिपेर ल्याएका छौँ ।”

थुप्रै पुस्ता देखी सुन्दै आएको यो गितको असली सर्जक भेट्न असम्भब जस्तै भएको र यो प्रचलित मौलिक गितलाई रेकर्ड गरेर यस्लाइ बचाइ राख्ने आफ्नो सानो प्रयास मात्र भएको रायमाझीले गुल्मीन्युज डट कमलाई बताए ।

मालिका स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । लोकेन्द्र शाहले छायाँङ्कन तथा निर्देशन गरेको भिडियोमा सुमन, करिस्मा र उज्ज्वलको मुख्य अभिनय रहेको छ । श्रीनगर फिल्म्सको पोस्ट प्रोडक्सनमा तयार भएको भिडियो मनिष पन्थले सम्पादन गरेका छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D