gulminews logo
बिहीबार, २०८१ बैशाख २०

मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न गुल्मीका कुँवर सहित पाँच जना पक्राउ

काठमाडौं, साउन ०२ । काठमाडौंका सडक पेटीमा आश्रित व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा गुल्मीका एक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने ५ जनामा गुल्मी रेसुंगा नगरपालिका २ घर भएका ३१ बर्षिय बिजय कुँवर पनि रहेका छन् । हाल काठमाडौं गौशाला बस्ने कुँवरका अलावा भक्तपुर ठिमी बस्ने रामेछाप मन्थली नगरपालिका-५ घर भएका हिमाल श्रेष्ठ भन्ने २८ वर्षीय धन बहादुर रोका, काठमाडौं कालोपुल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भएका २८ वर्षीय धुपेन्द्र शाही, काठमाडौं चावहिल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका-६ घर भएका ३२ वर्षीय बिमल बहादुर शाही र भक्तपुर ठिमी बस्ने झापा पृथ्वीनगर नगरपालिका-१ घर भएका छोटे भन्ने २१ वर्षीय आशिष तामाङ रहेका छन् ।

उनीहरूले सडक पेटीमा आश्रित व्यक्तिहरूसँग चिनजान गरी भारतको कलकत्ता गइ मृगौला बिक्री गर्दा ५ लाख रुपैयाँ कमाई हुने र नेपाल आउँदा ५० हजार पर्ने मोबाइल समेत पाइन्छ भन्दै २ जनालाई विश्वासमा पारी मृगौला दाताले गर्नुपर्ने शारीरिक जाँच गरी असार १५ गते भारतको कोलकत्ता लैजानका लागि तयारी अवस्थामा राखेको सूचाना प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न धुपेन्द्र, बिजय र बिमललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा सोही घटनामा संलग्न रही फरार रहेका धन बहादुर र आशिषलाई असार २८ गते प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही हुने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D