gulminews logo
बुधबार, २०८१ बैशाख १२

मृगौला फेरेर उद्यमशिल बन्दै गरेका रजालीलाई कोरोनाले पर्‍यो समस्यामा, न औषधी छ न किन्ने पैसा

सन्जु काउछा/गुल्मीन्युज
भर्खर किशोरावस्था पार गरी युवाअवस्थामा प्रवेश गर्दानगर्दै बिदेश भासिन वाध्य हुन्छ उ । पढ्ने लेख्ने अनी घरपरिवार र साथिभाई माझ रमाउने रहर नभएको हैन उसलाई, गरिवीले गाँजे पछी खाडी भासिनुको बिकल्प भएन उस्लाई । बिगतलाई बिर्साउने खालको भविश्य बनाउनु थियो उसलाई । गरिवीको दलदलबाट सिंगो परिवारलाई निकालेर सुरक्षित भविश्यको खाका कोर्नु थियो उसलाई । त्यसैले पढ्नेलेख्ने मन हुँदाहुँदै बिचमै पढाई छोडेर ऋणधन गरी कुवेत उड्यो उ अर्थात मोहन रजाली ।

नाम सुन्दा पक्कै धेरै जनाले त सम्झिनु भयो होला, ४ बर्ष पहिलाको गुल्मीन्युजले सन्चालन गरेको एउटा अभियान । एउटा लक्का जवान जस्को घरवार राम्रै चलिरहेको थियो । पढ्न नपाएको पस्चाताप त आफ्नै ठाउँमा थियो तैपनी बैदेशिक रोजगारीले दिएको सुखानुभुतीको पुरा अनुभव गर्न नपाउँदै चरम समस्यामा परेको र गुल्मीन्युज डट कमका शुभचिन्तक र अन्य थुप्रै महानुभावहरुको सहयोगमा उनको उद्दार भएको । तपाईं हाम्रै सहयोगमा सफल मृगौला प्रत्यारोपण भएको थियो उनको । हो उनै मोहन रजाली, जसको ४ बर्ष पहिला दुवै मृगौला फेल हुँदा तपाईं हाम्रै सहयोगमा उनले नयाँ जीवन प्राप्त गरेका थिए । नयाँ मृगौला फेरेर श्रीमती र एक छोराका साथ जिन्दगी राम्रै चलिरहेको थियो । मृगौला फेरेपछी रजाली थप सकृय र सिर्जनात्मक पनि भएका थिए ।

चन्द्रकोट गाउँपालिका वार्ड नं ८ तुराङका रजालीले मृगौला फेरिसकेपछी मजुवा बजारमा ब्यवसाय गर्दै आएका थिए भने थप समय निकालेर पश्चिम नेपाल बस ब्यवसायी संघको टिकेटिङको पनि काम गर्दै आएका थिए । साथै स्थानिय क्लब र अन्य सामाजिक संघ्सँस्थासँग जोडीएर सामुदायिक गतिबिधीहरुमा एकदमै सकृय पनि थिए । पछील्लो सम्म धेरैको लागी उदाहरणिय बनेका उनको ब्यवसाय राम्रै चलिरहेको थियो, बुढाबुढी उत्तिकै फरासिला, उत्तिकै मेहनती । आफ्नै मेहनतले मृगौला फेरेपछी नियमित खानुपर्ने औषधीकोलागी आवश्यक खर्च आफै जुटाइरहेका थिए । बचेँको पैसाले ऋण पनि तिर्दै थिए तर अचानक संसारलाई नै आक्रान्त पार्नेगरी आएको कोरोनाको महामारीले फेरी उनलाई समस्याको चक्रब्युहमा धकेल्यो ।

राम्रै चलिआएको होटेल २ महिना देखी बन्द छ । बस नचलेको पनी उत्तिनै समय भयो । होटेल चलुन्जेल त औषधीको खर्च जेनतेनचलेकै थियो, पछील्लो २ महिना देखी आम्दानी शुन्य भएकाले औषधी मात्र हैन दालभातकै जोहो कसरी गर्ने भन्ने चिन्ताले सताएको छ उनलाई आजभोली । “मृगौला फेरिसकेपछी नियमित औषधी खानु पर्छ”, उनले भने, “अहिले सम्म त पहिले किनेकै औषधीले चलेको थियो अब सकिन लाग्यो चिन्ता लागिरहेको छ ।” उनले अब १० दिनको लागि मात्र औषधी बाँकी रहेको र त्यसपछी के गर्ने भन्ने चिन्ताले पिरोलिरहेको बताए । “न त औषधी बाँकी छ न त किन्ने पैसा नै”, उनले गुल्मीन्युजसँगको कुराकानीमा भने । यस बिषयमा उनले चन्द्रकोट गाउँपालिकामा पनि जानकारी गराएको बताए । “छिमेकी सत्यवती गाउँपालिकामा दिर्घरोगीहरुलाई घरघरमै नि:शुल्क औषधी पुर्याउने ब्यवस्था भएको सुन्दा चन्द्रकोटमा पनि यस्तै होलाकी भन्ने लागेको थीयो”, उनले भने, “तर गाउँपालिकाले औषधी र सहयोग उपलब्ध गराउन नसक्ने जानकारी गरायो ।”

गाउँपालिकाबाट सहयोग पाउने आशा मरेपछी देश बिदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनिहरुसँग सहयोगको हात फैलाउनुपरेको उनले बताए । “अब त आँफै काम गर्दै छु औषधीको लागि फेरी कसैसँग हात फैलाउनु पर्दैनहोला जस्तो लागेको थियो”, रजालीले भने, “कहाँबाट कहिल्यै नसुनेको यो कोरोना शुरु भयो, उपाय नै नलागेपछी सहयोगको हात नफैलाई भएन ।” उनले यस्तो अफ्टेरो परिस्थितीमा सबैले सहयोग गरिदिएर आफ्नो ज्यान जोगाईदिन अनुरोध गरेका छन् ।

मोहन रजालीलाई सहयोग गर्न चहानुहुने महानुभावहरुले उनलाई तल उल्लेखित मोबाईल नम्बरमा संपर्क गर्न सक्नुहुनेछ, साथौ उनको बैंक खाता नम्बरमा पनि सहयोग रकम जम्मा गरिदिनुहुन सक्नुहुनेछ ।

Globle IME Bank
खाता नम्बर: 7107010005160
मोबाईल: 9807440876, 9869326627

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D