अनिल खत्री
१० चैत, गुल्मी । गुल्मीका मृगौला पिडित अनन्तबहादुरलाई तम्घासबा रेग्मी परिवारबाट आर्थिक सहयोग गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ३५ वर्षका मृगौला पिडित अनन्तबहादुर खत्रीले सहयोगको याचना गरेका छन् । उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडित खत्रीले उनले बिभिन्न मिडियाबाट आफ्नो ज्यान जोगाई दिन सबैसंग सहयोगको याचना गरेका थिए । उनको उपचारको लागि गुल्मी जिल्ला सदरमुकाम तम्घास निवासी हाल अष्ट्रेलियामा रहेका सोनम रेग्मी, पुनम रेग्मीबाट रु ६० हजार र कमला रेग्मीबाट १८ हजार आर्थिक सहयोग भएको हो ।
आर्थिक अभावमा उनको उपचार गर्न समस्या आएपछि परिवारले आफन्तीहरु लगायत सम्पूर्णमा सक्दो सहयोगको अपिल गरेका छन् । आर्थिक अभावमा उपचारमा समस्या आएपछि सबैले सहयोग गरिदिन मृगौला पिडित अनन्तबहादुर खत्रीले आग्रह गरेका हुन् । दुईवटै मृगौलाले काम गर्न छोडेपछी थलिएका खत्री बिगत २ महिनादेखि अस्पतालमा उपचारत छन् मृगौला पिडित खत्रीकोे आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका छन् ।
मृगौला पिडित खत्रीसँग उनकी पत्नी र ३ जना नाबालक छोरा आश्रीत छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् । २ महिनादेखि भैरहवामा उपचार गराइरहेका छन् । गाडी चलाएर घरायसी दैनीकी चलाउदै आएका अनन्तबहादुरको एक्कसी बिरामी परेपछि उपचारमा गएका थिए ।
घरमा भएको सम्पूर्ण खर्च उपचारमा सकेपछि थपउपचार गर्ने रकम नभएपछि अनन्तबहादुरले सबैतिर सहयोग गरिदिन अस्पतालबाटै हारगुहार गरेका छन् । चिकित्सकले उनको नयाँ जिबनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिल पैसाको खोजीमा भौतारिरहेका छन् । स्वास्थ्यमा थप जटिल्ता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पिडितले सहयोगको हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ ।
उनलाई सहयोग गर्नेहरुका लागि श्रीमतीको खातानम्बर बिस्नीकला बस्नेत खत्रीको शाईन रेसुङ्गा डेभलपमेन्ट बैक ०१५००७००४९७७८००००००१ जम्म गरिदिन आग्रह गरेका छन् । सम्पर्क गर्नेहरुका लागि मोवाइल नम्बरमा ९८४९१११४४१ गर्न सकिनेछ ।