gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

मुसिकोट नपाद्वारा नगरसभामा पेश भएका ऐनहरुको बिषयमा सर्वपक्षीय छलफल

अनिश शर्मा गैरे
गुल्मी, चैत्र २१ । मुसिकोट नगरपालिकाले आज वामी स्थित रुद्रावती बहुमुखी क्याम्पसको हलमा सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ ।

बिधायन समितिको आयोजनामा नगरपालिकाको अहिले चलिरहेको दोस्रो नगरसभामा पेश भएका दुइ ऐनहरुको बिषयमा सुझाब संकलन गर्नको निम्ती सर्वदलीय र सर्वपक्षीय छलफल गरीएको हो ।

कार्यक्रममा मुसिकोट नगरपालिका बिधायन समितिका संयोजक नरेशराज खरेलको अध्यक्षता रहेको थियो भने नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी राजनीतिक दलको तर्फबाट नेकपा एमालेका अग्नीधर लोहनी, नेपाली काँग्रेसबाट झबिलाल भण्डारी, नेकपा माओबादी केन्द्रको तर्फबाट भुपेन्द्र रायमाझी, उद्योग बाणिज्य संघको तर्फबाट सुदर्शन शाक्य, नेपाल नेत्रज्योती संघका केन्द्रिय यशयस्कर सदस्य कृष्णहरी सापकोटा, रुद्रावती बहुमुखी क्याम्पस वामीका अध्यक्ष महेश जिसी लगायत वडाध्यक्षहरु, नगरकार्यपालिका सदस्यहरु, स्थानीय बुद्धिजिवि, सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अवसरमा मुनपा बिधायन समितिका सदस्य कर्णध्वज जिसीले पुर्वाधार बिकास सम्बन्धी ऐन सुझाबको लागि पेश गरेका थिए । जसमा नेपाली काँग्रेस मुसिकोट नगरकार्यसम्पादन समितिका संयोजक झबिलाल भण्डारी, नेकपा एमाले मुसिकोट ५ का प्रतिनिधि सुर्यमुर्ति खरेल तथा महेन्द्र आदर्श माबि वामीका अध्यक्ष भुवन केसीले टिप्पणी सँगै सुझाब दिनुभएको थियो । सो सुझाबहरु माथी प्रस्तुतकर्ता जिसीले जवाफ दिएका थिए ।

त्यसैगरी बिधेयक समितिका सदस्य प्रकाश काफ्लेले मुसिकोट नगरपालिकामा बजार अनुगमन निर्देशिका सुझाबको लागि पेश गरेका थिए भने रुद्रावती बहुमुखी क्याम्पसका अध्यक्ष महेश जिसी, महेन्द्र आदर्श माबि वामीका अध्यक्ष भुवन केसी, स्थानीय ब्यबसायी राम बहादुर बोहोरा, मुसिकोट नगरपालिका ५ का युवराज खरेल, वामीका ब्यबसायी गोपिकृष्ण खरेल, ब्यबसायी सुन्दर प्रधान लगायतले सुझाब दिएका थिए । उनीहरुले बजार अनुगमन नियमित गर्न, बजारमा मुल्यको एकरुपता कायम गर्न, सुन देखी नुन सम्मका हरेक सामग्रीहरु एकै पसलमा हुने अवस्थालाइ परिवर्तन गर्न सुझाब दिएका थिए भने बजार साँघुरीएको कारण एकै पसलमा हरेक चिज राख्नुपर्ने बाध्यता भएको पनि बताएका थिए ।

ब्यापारमा कमी आएको गुनासो

यसैबिच कार्यक्रमको अवसरमा ब्यबसायीहरु वामीको ब्यापारमा कमी आएको बताएका छन । बजारको क्षेत्र साँधुरीएको भन्दै उनीहरुले बिगतमा भन्दा बजारमा ब्यापार कम भएको बताएका हुन । पहिला अन्य बिभिन्न साविकका गाबिसहरुबाट पनि स्थानीयहरु बजारमा आउने गरेका भएपनि आजकल गाँउगाँउमा बजार बिस्तार भएको कारण यस क्षेत्रको ब्यापारमा कमी आएको बताएका हुन ।

कार्यक्रमको अवसरमा सुझाब स्वरुप आएका बिषयबस्तुलाइ प्रस्तुतकर्ता काफ्लेले सम्बोधन गरेका थिए भने उद्योग बाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यले बजार तथा कर सम्बन्धमा जानकारी गराएका थिए । त्यसैगरी कानुन ब्यबसायी अनन्तलाल भण्डारीले कानुन निर्माणको प्रक्रियाबारे जानकारी गराएका थिए । त्यसैगरी कार्यक्रममा उपस्थितहरुले नगरक्षेत्र भित्र मदिरा बिक्री बितरणमा पनि कडाइ गर्न माग गरेका छन । मदिराको सेवनले समाजमा बिभिन्न किसीमका अप्ठ्याराहरु आउने भएको कारण यसको बिक्रीमा कडाइ गर्न सुझाब दिएका हुन ।

कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले गरेका थिए ।

आज सुझाब संकलन गरीएका दुइ कानुनहरु अहिले सदनमा बिचाराधिन अवस्थामा रहेका छन । अलिक बढी गम्भीर बिषयहरु भएको कारण मुसिकोट नगरपालिकाले यी दुइ ऐनहरुको बारेमा सर्वपक्षीय छलफल गरेको जनाइएको छ । भने यस अघि पनि नगरपालिकाले यस्तै छलफल गरेको थियो ।

अव यी दुइ ऐनहरुको बिषयमा आएका सुझाब सहित बिधायन समितिले नगरसभामा पेश गर्ने र पारीत गर्ने बताइएको छ । मुसिकोटको दोस्रो नगरसभा गत फाल्गुण २७ बाट सुरु भएको थियो भने यही चैत्र २७ गते अन्तीम बैठक बसी समाप्त गर्ने तैयारी भइरहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D