gulminews logo
आईतवार, २०८१ बैशाख १६

अम्मरपुर स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

टोपलाल अर्याल
गुल्मी, २ पुस । इस्मा गाउँपालिकाको अम्मरपुर स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा आएको छ । प्रयोशालाको गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले उद्घाटन गर्नुभएको हो ।

प्रयोगशाला संचालनमा आएसंगै नागरिक सामान्य जाँचको लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले बताए । गाउँपालिका यो बर्षको स्वास्थ्य कार्यक्रम अन्तरगत पाँच लाखको बजेटले प्रयोगशाला संचालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोकर्ण थापाले बताए ।

एक दर्जन बढि परिक्षण
ल्यावमा सुगर, युरिक एसिड, सिविसी र एचवी, टाइफाइड, जण्डिस, बाथरोग, गु्रपिङ्ग, एच आइभी, क्षयरोग, गर्ववति, दिसा पिसाव र युरिया एलबोमिनको परिक्षण हुने स्वास्थ्यचौकी इन्चार्ज अस्मिता खड्काले बताइन् ।

जसमा सुगर परिक्षणको एक सय, युरिक एसिडको दुई सय, सिविसी र एचवी परिक्षणको दुई सय, टाइफाइड परिक्षणको दुई सय, जण्डीस परिक्षणको दुई सय, बाथरोथ परिक्षणको दुई सय, एचआइभी, क्षयरोग र गर्वबति परिक्षणको निशुल्क, दिसा पिसाब परिक्षणको दुई सय र युरिया एलबोमिनको दुई सय शुल्क निर्धारण गरिएको खड्काले बताइन् ।

स्टेचर र अक्सिजन बितरण
सोही कार्यक्रममा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट तथा उपप्रमुख बिमला खत्रीले स्वास्थ्यचौकीलाई पाँच थान स्टेचर र एक थान अक्सिजन सेट प्रदान गरे । साथै हिमास्मृति कोषको तर्फबाट अध्यक्ष नारायण पराजुलीले एकसेट डेलिभरी सामग्री र एक सेट फुट स्टेप हस्तान्तरण गरिएको अम्मपुर स्वास्थ्यचौकीका अहेव होम कुमालले बताए ।

सवै स्वास्थ्य सामग्री स्वाथ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडाध्यक्ष हिरा बहादुर जिसी र स्वास्थ्यचौकी प्रमुख अस्मिता खड्कालाई प्रदान गरिएको कुमालले जानकारी दिए । वडाध्यक्ष जिसीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका प्रमुख विष्टको प्रमुख आतिथ्यता, संस्था प्रमुख खड्काको स्वागत मन्तव्य तथा होम कुमालको सञ्चालनमा सम्पन्न भएको छ ।

कार्यक्रममा उपप्रमुख बिमला खत्री, नेकपाका नारायण पराजुली, नेपाली कांग्रेसका ढाल बहादुर कुवंर, निमित्त प्रशासकीय अधिकृत महत तथा स्वास्थ्य सहसंयोजक थापाको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D