gulminews logo
आईतवार, २०८१ बैशाख २३

मुसिकोटका २ बिद्यालयमा अन्लाईन शिक्षक तालिम तथा अभिमुखीकरण सम्पन्न

गुल्मी, माघ १३ । गुल्मी जिल्ला मुसिकोट नगरपालिकाका २ वटा बिद्यालयका शिक्षकहरुको लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ७ र ८ मा अवस्थित श्री महेन्द्र आदर्श नमुना माध्यमिक विध्यालय र श्री शारदा बिद्या मन्दिर माध्यमिक बिद्यालयका शिक्षकहरुका लागि जुम मार्फत भर्चुअल तालीम सम्पन्न भएको हो ।

तालिम वामी-बिश्व सम्पर्क मंच, अन्तरास्ट्रिय समन्वय समितिको आयोजनामा मिति २०७७ माघ ११ गते आइतबार साँझ सम्पन्न भएको थियो । समन्वय समितिका अध्यक्ष डा. ईश्वरी प्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न उक्त तालीममा डा. तारा प्रसाद गिरी (डा. तारा जी) प्रशिक्षकको रुपमा हुनुहुन्थ्यो भने आयोजकको तर्फबाट प्रत्यक्षरुपमा प्रा. डा. तारा प्रसाद सापकोटा, प्रा. डा. जीवलाल सापकोटा, प्रा. डा. ज्ञान बहादुर थापा, राम के.सी., रोमकान्त सापकोटा, महेश्वर घिमिरे लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । त्यस्तै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु र सम्बंधित जनप्रतिनिधिहरुले पनि बैठकमा सहभागिता जनाउनुभएको थियो ।

दुबै बिद्यालयका अधिकांश शिक्षकहरुको सहभागीता रहेको उक्त तालीमको सन्चालन र प्रशिक्षकको प्रायोजन समितिका सदस्य एवं न्युटन हाईस्कूलका संस्थापक प्रिन्सिपल राम के. सी.ले गर्नु भएको थियो । तालीमको क्रममा प्रशिक्षकबाट निकै रोचक र सम्मोहक शैलीमा सहभागी शिक्षकहरुलाइ शिक्षण कला र सिप अभिबृद्वी सम्बन्धी बिबिध पद्दती र कृयाकलाप प्रस्तुत गर्नु भएको थियो । शिक्षकहरुको लागि लक्षित गरि आयोजना गरिएको उक्त तालीम निकै नै प्रभाबकारी भएको र यस खालका तालीमहरु भबिष्यमा पनि प्राप्त हुने अपेक्षा सम्बन्धित बिद्यालयका प्रधानाध्यापकद्वय देबीराम शर्मा र ज्ञानहरी सापकोटाले प्रकट गर्नु भएको थियो । करिब साढे दुई घण्टा संचालन भएको उक्त तालीममा कुल ९६ जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D