Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
मुसिकोटका दर्जीको स्वास्थ्य उपचारको लागि सहयोग रकम हस्तान्तरण - Gulminews

मुसिकोटका दर्जीको स्वास्थ्य उपचारको लागि सहयोग रकम हस्तान्तरण

कौरव खत्री
गुल्मी, १८ पौष । गुल्मी मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गे निवासी शंकर दर्जीलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । शनिवार एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई १ लाख ९३ हजार ५ सय ५४ रुपैयाको नगद चेक हस्तान्तरण गरिएको थियो ।

दर्जीको स्वास्थ्य उपचारार्थको लागि आर्थिक सहयोग संकलन अभियान मार्फत स्वदेश तथा विदेशबाट गरि कुल संकलित ३ लाख ९५ हजार ४ सय ६६ रुपैया आर्थिक सहयोग रकम मध्य विरामी दर्जीको स्वास्थ्य उपचारमा १ लाख ९९ हजार ९ सय १२ रुपैयाँ उपचारमा खर्च भएको र बाँकी बचत रकम १ लाख ९३ हजार ५ सय ५४ रुपैयाको नगद चेक दर्जी परिवारलाई प्रदान गरिएको शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका सचिव श्यामन्त नेपालीले जानकारी दिनुभयो ।

साथै आर्थिक संकलन अभियानमा दर्जीको स्वास्थ्य उपचारको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरुलाई सहयोग संकलन अभियानका अभियान्ता अशोक गौतम र दर्जी परिवारले विशेष धन्यवाद दिनुभयो । त्यस्तै सोही अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्रीले विरामी दर्जीको स्वास्थ्य उपचारलाई सहयोग संकलन अभियान मार्फत सहयोग जुटाउन पहल र आर्थिक सहयोग गनुहुने सबै सहयोगीदाताहरु गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

आर्थिक अवस्था कमजोर रहेका दर्जीको स्वास्थ्य उपचारलाई मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गे निवासी हाल रोजगारीको शिलशिलामा जापानमा रहनु भएका लोकनाथ घिमिरे, सोही स्थानका हाल पपुवा न्युगिनी रहनु भएका अशोक गौतम, पौदी सेभ सोसाइटी जापानका अध्यक्ष कृष्ण खत्री क्षेत्री, शंकर परियार उपचार व्यवस्थापन समिति कोषाध्यक्ष ओम गुरुङ्ग, सिबि खाती क्षेत्री, राजन गिरी, सूर्य नेपाली र पौदी सेभ सोसाइटी जापान संस्था लगायतको पहल तथा सक्रियतामा जापान, पपुवा न्युगिनी, भारत, अमेरिका, साउदी अरव, दुवई, कतार लगायतका देश तथा नेपालका स्थानमा रहनु भएका ७९ जना व्यक्तिहरुबाट संकलित कुल ३ लाख ९५ हजार ४ सय ६६ रुपैया आर्थिक सहयोग संकलन शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका सचिव श्यामन्त नेपालीले जानकारी दिनुभयो ।

शंकर दर्जी जन्मेको करिव १०-१२ बर्षको उमेरदेखि नै स्वास्थ्य समस्या भोग्दै आइरहनु भएका ३२ बर्षीय दर्जीलाई सहयोग जुटाएर काठमाण्डौमा औषधी उपचार गरेर विरामी दर्जीको स्वास्थ्यमा केही सुधार भएको शंकर परियार उपचार व्यवस्थापन समिति पौँदी अमराई बाङ्गेका उपाध्यक्ष प्रेम बहादुर दर्जीले जानकारी दिनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिका १ बाङ्गेका समाजसेवी, महिला, युवा तथा दर्जी परिवारजन लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका उपाध्यक्ष प्रेम बहादुर दर्जीको अध्यक्षता तथा समाजसेवी ढाल बहादुर गुरुङ्गको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने शंकर परियार उपचार व्यवस्थापन समिति पौदी अमराई बाङ्गेका सचिव श्यामन्त नेपालीले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D