अनिश शर्मा गैरे
गुल्मी, ११ असार । मुसिकोट नगरपालिकाले बडिगाड नदिमा र्याफ्टिङ चलाउने भएको छ ।
आइतबार सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा नगरप्रमुख सोमनाथ सापकोटाले बडिगाड खोलामा र्याफ्टिङको विकासका लागि यस बर्ष अध्ययन अवलोकनका साथै विशेष नमुना कार्यक्रम शुरु गर्ने नीति लिएको जानकारी दिए । बडिगाडमा र्याफ्टिङ सञ्चालन गरी पर्यटन प्रबर्द्दन गर्न सकिने बिश्वास राख्दै सो नीति लिइएको बताइएको छ ।
आगामी आवको बजेटमा कृषि यन्त्रमा ५० प्रतिशत अनुदान दिने, कफिको जननी मुसिकोट नगरपालिका भएकोमा त्यहि रुपमा राष्ट्रिय पहिचान दिन कफि लगाऔं आम्दानी बढाऔं अभियान चलाउने पनि योजना बनाइएको छ ।
सडकहरुको स्तरोत्तन्ती गर्ने वामीटक्सार बजार क्षेत्र तथा अन्य बजार क्षेत्रका सडक कालोपत्रे गर्न ६०÷४० कायक्रम गर्ने पनि बताइएको छ ।
कृषिविकास, पशुसेवा, पर्यटन, सहकारी मार्फत आर्थीक विकास र समृद्धि हासिल गर्ने, शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, खेलकूदको सामाजिक विकास गर्ने, सडक, यातायात, व्यवस्थीत ढल निकास, सिंचाई, पूल आदीको माध्यामबाट पूर्वाधार विकास गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । त्यसैगरी वातावरण संरक्षण, बन जंगलको संरक्षण, भुमि व्यवस्थापन आदिको विकास मार्फत स्वस्थ, स्वच्छ हराभरा नगरपालिका बनाउने, जवाफदेहि प्रशासन, चुस्त दुरुस्त व्यवस्थापन र भौतिक पूर्वाधार युक्त कार्यालय र दक्ष जनशक्ति मार्फत शासकिय व्यवस्था गर्ने, मुसिकोट गौरवका योजना पहिचान गरी आवश्यक लगानीको प्रबन्ध मिलाउने पनि लक्ष्य राखीएको छ ।
कृषिलाई व्यवसायिक, आधुनिकिकरण, यान्त्रीकरण गर्दै, साना उद्योग, घरेलु उद्योगलाई संरक्षण गर्दै रोजगारी सृजना तथा नागरीकको आय बृद्धि गरिने, कृषिमा आधारीत व्यवसायलाई लगानीको अभाव हुन नदिन कृषि ऋण दिने र सोको व्याजमा ५० प्रतिशत अनुदान दिने, विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका सबै विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गर्ने, हरेक विद्यालयमा शिक्षकको विधुतिय हाजिरी, विद्यालय समायोजन र दरबन्दि मिलान, रुद्रावती बहुमुखी क्याम्पसको पूर्वाधारलाई व्यवस्थित गर्न सहयोग गरिने, वामीटक्सार स्वास्थ्य चौकीमा ल्याव सेवा स्थापना गरी एमबिबिएस चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नीति लिईने, नगरपालिका भित्रका व्यक्तिको समुद्रपार प्रवासमा दुर्घटनाबाट मृत्यु भएकोमा आश्रित राहत उपलब्ध गराउनेगरी व्यवस्था मिलाइने योजना मुसिकोटको छ ।
खरका छाना विस्थापित गरी जस्तापाता अनुदान दिने, नगरपालिकाको कार्यालय भवन, सभाहल, बसपार्क, खेलमैदान ९रंगशाला०,उद्यान,सहिद पार्क लगाएतका संरचना निर्माणका लागी प्राप्त भएका जग्गा÷घडेरीहरु पर्याप्त बनाइ निर्माण कार्य थाल्ने, नगरपालिकालाई सफा, स्वच्छ र स्वस्थ बनाउने, वन जंगल, जलाधार क्षेत्रको उचित संरक्षण, वाढी, पहिरा,े आगलागि, चट्याङ्ग, भुकम्प आदिको पूर्व तयारी, उद्धार, राहत र पुर्नस्थापनाको नीति लिईने पनि बजेटमा उल्लेख छ, सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, निष्पक्ष, पारदर्शी, बनाउने, जनप्रतिनीधि एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने लगायतका योजनाहरु मुसिकोट नगरपालिकाले आगमी आवको लागि कार्यक्रम तय गरेको हो ।
मुसिकोटले आइतबार समानीकरण र राजस्व क्षेत्रबाट आउने रकम रु १८ करोड ८७ लाख तथा सशर्त अनुदान तर्फको २२ करोड ४७ लाख ३१ हजार गरी कुल ४१ करोड ४५ लाख ३१ हजारको बजेट ल्याएको छ ।