मासिक ३० हजार सम्मको रोजगारीको लागि बिदेश जानु नपर्ने: कांग्रेस नेता

अनिश शर्मा
गुल्मी, २३ कार्तिक । नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्बर २ का उम्मेद्वारहरुले चुनावी प्रचार प्रसार कार्यक्रम आज मुसिकोट ४ आरुपाटा देखी हलोगाडे हुँदै आँपचौर सम्म पुर्याएका छन ।

बिकास काममा हुनुपर्छ भाषणमा होइन भन्ने बिशेष मान्यता सहित उनीहरुले घरदैलो कार्यक्रम गरेका जनाइएको छ ।

प्रतिनिधि सभा उम्म्द्वार चन्द्र केसी, प्रदेश सभा क का उम्मेद्वार शालीक पन्थी, पार्टी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, सचिब बिष्णु सापकोटा, पुर्व क्षेत्रीय सभापति दामोदर भुषाल, क्षेत्रीय सभापति भगत खड्का, क्षेत्रीय सचिब पुर्ण केसी, नेबिसंघका नेता रोशन सिँह ठकुरी तथा बिक्रम पन्थी सहितको टोली प्रचार अभियानमा छ ।

घरदैलोअभियानको क्रममा जनताहरुले खानेपानी, मोटरबाटो, बिद्यालयका समस्याहरुको बिषयमा उम्मेद्वारहरु सँग माग राखेका थिए भने उम्मेद्वारहरुले आफ्ना भावी योजनाहरु सँगै ती बिषयमा समाधान गर्ने कुरा बताएका थिए । कार्यक्रममा बोल्दै उम्मेद्वारहरुले आँपचौरको कफीलाइ अन्तराष्ट्रिय जगतमा निर्यात गरी समृद्धि स्थापित गर्ने, सडकहरुको स्तरोन्नती गर्ने, आधुनिक कृषिको माध्यमबाट ब्यबसायिक कृषि प्रणाली अबलम्बन गरी रोजगारी सिर्जना गरीने बताए ।

उनीहरुले अबको ५ बर्षमा युवाहरुले मासिक ३० हजार सम्मको रोजगारीको लागि बिदेश जानुनपर्ने अबस्था बनाउने बताएका थिए । उनीहरुले जिल्लालाइ बिकासमा नमुना बनाउने उद्धेश्य, योजना र कार्यनीति सहित आफुहरु चुनावमा होमिएको कारण जनताले मत दिनुपर्ने बताएका छन ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D