gulminews logo
शनिबार, २०८१ बैशाख ८

माल्टा लैजान्छु भन्दै नक्कली भिषा दिलाई ठगी गर्ने २३ बर्षिय पाण्डे पक्राउ, झन्डै ६६ लाख रुपैँया ठगी

काठमाडौं, ६ साउन । माल्टा लैजान्छु भनी नक्कली भिषा दिलाई ठगी गर्ने कार्यमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौं महानगरपालिका -९ सिनामंगल बस्ने २३ बर्षीय राहुल पाण्डेलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पाण्डेले भिभी इन्टरनेशनल प्रालि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलउने गरेका थिए । विभिन्न कामदारहरुको भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि भन्दै पटक पटक गरी नगद उनले ६५ लाख ७० हजार ६ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । भिभी इन्टरनेशनल प्रालिका संचालक दावा शेर्पाको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D