सन्तोष महतारा
गुल्मी, जेठ १२ । मालिका गाउँपालिकाले गाउँमै एक सय २६ जनालाई रोजगार दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार फाराम भरेकाहरुलाई रोजगार दिइने मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिनुभयो ।
कुनै वडामा काम सुरु भएपनि सबै वडामा भने अब केहि दिनमा रोजगार दिइसक्ने मालिका गाउँपालिका सुचना अधिकारी जगत पौडेलले जानकारी दिनुभएको छ ।
मालिका गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार फाराम भरेकालाई रोजगार दिने मालिका गाउँपालिकाले जानकारी दिएको छ । मालिका गाउँपालिकामा जम्मा दुई हजार एक सय ३१ जनाले बेरोजगार फर्म भरेको वडा नम्बर तिनका वडाध्यक्ष राजु विकले जानकारी दिनुभयो । जसमध्ये पहिलो चरणमा अहिले एक सय २६ जनालाई रोजगारी दिइने मालिका गाउँपालिकाका सुचना अधिकारी पौडेलले जानकारी दिनुभएको छ ।
मालिका गाउँपालिकाले वडा नं १ नेटामा ११ जना, वडा नं २ दर्लिङ्गमा २८ जना, वडा नं ३ ह्वाङ्गदीमा ९ जना, वडा नं ४ अर्खबाङ्गमा १२, वडा नं ५ छापहिलेमा १६, वडा नं ६ अर्जेमा १८, वडा नं ७ घमिरमा २० जना र वडा नं ८ मर्भुङ्गमा १२ जना गरी कुल एक सय २६ जनाले अब एकहप्ता भित्र रोजगार पाउने मालिका गाउँपालिकाले जानकारी दिएको छ ।