gulminews logo
बिहीबार, २०८१ बैशाख १३

मालिका गापामा आँखा तथा दन्त रोग शिविर सम्पन्न

गुल्मी । मालिका गाउँपालिकाको आयोजनामा एक दिने आँखा तथा दन्तरोग शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ५५ जनाको आँखा परिक्षण गरिएको छ । जसमा १७ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ । उनीहरुलाई अप्रेशनको लागि बाहिर पठाउने सल्लाह भैरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

त्यस्तै ७० बर्ष माथीका ३१ जनालाई बृद्ध बृद्धालाई निशुल्क चश्मा समेत वितरण गरिएको छ । शिविरमा १ सय ५० जना दन्त रोगीहरुको उपचार गरिएको छ । आँखा रोगको लागि नेपाल नेत्र ज्योति संघ गुल्मी र दन्त रोगको लागि राना डेन्टल होम तम्घासले प्राविधिक सहयोग गरेको थियो ।

शिविरमा नेत्र ज्योति संघका प्रमुख सुर्य बहादुर बस्नेत, बिर बहादुर कार्की, बिक्रम भुसाल तथा राना डेन्टलमा प्रोपाइटर दिपक रानाले बिरामीहरुको चेकजाँच गरेका थिए ।

शनिबार सम्पन्न शिविरबाट अर्खबाङ्ग, छापहिले, मरभुङ्ग, ह्वाङदी, दर्लिङ्ग र बाग्लुङ्गको बडिघाट गाउँपालिकाका नागरिकहरुले सेवा लिएका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D