gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मालिका गाउँपालिकाबाट ३२ जनाले लिए पत्रकारिता तालिम

टोपलाल अर्याल
गुल्मी, २१ पुस । मालिका गाउँपालिकाको आयोजनामा पाँच दिन आधारभुत पत्रकारित तालिम अर्जैमा सम्पन्न भएको छ ।

तालिमको समापन सत्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष देवा अर्यालले सुचनाको गाम्भिरतालाई ख्याल गरेर मालिका गाउँपालिका भित्रका गतिविधीहरुलाई संचार माध्ययमसम्म पुराउन आग्रह गरिन् । तालिममा सहभागी सवै जना गाउँपालिकाका जनशक्ति भएकाले सैद्धान्तिक ज्ञानलाई व्यावहारमा उतारेर सुचना र संचारमा मालिका गाउँपालिकालाई अग्रस्थान प्रदान गर्न आग्रह गरिन् ।
malika gaun palika news
तालिममा एक वडाका ४ जना गरेर ३२ जना सहभागी थिए । तालिमपछि वडा स्तरिय स्रोता क्लव समेत गठन गरिएको छ । मालिका गाउँपालिका वडा नं १ बाट मिना विक, वडा नं २ बाट पुनाराम अर्याल, वडा नं ३ बाट गीता घर्ति, वडा नं ४ बाट खगेन्द्र अर्याल, वडा नं ५ बाट देविराम गिरी, वडा नं ६ बाट डम्बर सुनार, वडा नं ७ बाट चन्द्रमा लम्साल र वडा नं ८ बाट माया भुसाललाई स्रोत क्लव संयोजक तोकिएको छ । बाँकी तीन जना क्लवको सदस्य रहने मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।

तालिममा सहभागी ३२ जना कुनै न कुनै रुपमा गाउँपालिकाको सम्पती भएकाले गाउँपालिका र नागरिकको विश्वास जोडिएकाले तालिमलाई सहि रुपमा प्रयोग गर्न आग्रह गरे । वडा नं १ का वडाध्यक्ष इन्द्र बहादुर घर्तिले राम्रोसंग आफ्नो परिचय दिन नजान्नेहरुको तालिमपछिको परिवर्तनले आफु निकै प्रभावित भएको बताए ।

त्यस्तै वडा नं ६ का सदस्य शेर बहादुर नेपालीले तालिमबाट मार्ग पहिचान मात्र भएकाले बाँकी सफलता प्रशिक्षार्थीकै हातमा हुने भनाई राखेका थिए । त्यस्तै प्रशिक्षार्थीको तर्फबाट गीता घर्ति र चन्द्रमा लम्सालले तालिमका उपलब्धि बारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम मालिका गाउँपालिका वडा नं ६ अर्जैका वडाअध्यक्ष शोभाखार गिरीको अध्यक्षता तथा प्रशिक्षार्थी देविराम गिरी र सन्जु परियारको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D