gulminews logo
शुक्रबार, २०८० चैत्र १६

मानव अधिकार सम्बन्धी गोष्ठी धुर्कोटमा सम्पन्न

हुमाकान्त पोखरेल
०३ चैत, गुल्मी । मानव अधिकार सम्बन्धि कार्यायोजनाका विषयमा सरोकारवालाहरुसँगको अन्तरक्रिया धुर्कोट गाउँपालिकामा सम्पन्न भएको छ । सृजनशिल सामुदायिक विकास केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ६ वटा वडाका पिपलधारा, भनभने, वाग्ला, धुर्कोट रजस्थल, वस्तु र जैसिथोक वडाका मानव अधिकार प्रवर्धक समितिद्धारा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । विभिन्न वडामा अहिले बालबालिकाका समस्या, ज्येष्ठ नागरिक, एकल महिला र महिलाका समस्याहरुलाई मानव अधिकार प्रवर्धन समितिहरुले स्थानिय स्तरमै सम्बोधन गर्न थालेको वडाध्यक्षले बताएका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक शिव केसीले गाउँपालिकामा घट्ने घटनाहरुलाई मानव अधिकारवादीहरुसँगको समन्वयमा समाधान गर्दै आएको बताए । जिल्ला न्यायधिवक्ता लक्षमण घिमिरेले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । उनले मानव अधिकार सम्बन्धि कार्यायोजना र स्थानिय निकायले खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा कार्यक्रममा नागरिक समाज गुल्मीका संयोजक पदम पाण्डे, विभिन्न वडाका जनप्रतिनिधिहरु, मानव अधिकार प्रवर्धक समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम धुर्कोट गाउँपालिका मानव अधिकार प्रवर्धन समिति सचिव लक्षमण पोखरेलको अध्यक्षता, गाउँपालिका प्रमुख भुपाल पाखेरेलको प्रमुख आतिथ्यता, शारदा विकको स्वागत मन्तब्य तथा जिल्ला मानव अधिकार अधिकृत गणेश श्रेष्ठको संचलनमा सम्पन्न भएको सहकर्मी दधिराम खनालले जानकारी दिए ।.

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D