gulminews logo
मंगलवार, २०८० चैत्र ६

महेन्द्र नमुना माबीमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

केशब गौतम
गुल्मी, १८ माघ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

रेसुङ्गा नगरपालिका १ तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ पढ्न आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको बिद्यालयले जनाएको छ । विज्ञान संकायका विद्यार्थीहरुद्धारा विज्ञान संकायमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पन्थीले नमुना विद्यालयमा अध्ययन गर्न पाएकोमा गौरव गरी आफ्नो पढाइलाई पनि नमुना बनाउन बिद्यार्थीलाई आग्रह गरे ।

कार्यक्रमको बिशेष अतिथि विद्यालयका प्रधानाध्यापक युवराज ज्ञवालीले विगत देखी यसवर्ष पनि निरन्तरता दिएर विद्यार्थी, विद्यालय र व्यवस्थापन समिति सँगको सामिप्यतालाई झन् नजिक गराउनेमा आशा र विद्यार्थीले राम्रोसँग विद्यालयको नीति र नियममा रहेर अध्ययन गर्न सुझाव साथै कुनै समस्या आइपरेमा आफ्नो अभिभावक सम्झी समस्या राख्न सुझाव दिए ।
कार्यक्रममा बिद्यालय समिति सदस्य युवराज भण्डारी, पुष्पा पन्थी, बिद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी, प्राथामिक तहका इञ्जार्च सम्झना गौतम, विज्ञान संकाय संयोजक खुमानन्द घिमिरे लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कक्षा १२ मा पढ्ने विद्यार्थी दिक्षा अर्याल र पृथ्वी पाण्डेले गरेका थिए । कार्यक्रमको सभापति महेन्द्र माध्यमिक विद्यालय कक्षा १२ विज्ञान संकायकी विद्यार्थी दिपा पाण्डेको रहेको रहेकी थिइन् ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D