महेन्द्र आदर्श माबि वामीको हीरक महोत्सब तथा श्रीमदभागबत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञ आज उद्घाटन गरीएको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि कार्यव्यस्तताको कारण आउन नसकेपछि मन्त्रि गोकर्ण विष्टले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
यो पनि पढ्नुस्: प्रधानमन्त्री केपी ओली वामिटक्सार किन आएनन् ? खास कारण यस्तो रहेछ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशको बिकास गर्न अहिलेको सरकार नया शिराबाट अघि बढेको बताएका छन् । हरेक बिषयमा राजनीति गर्ने बिकृत बानीले नेपालीहरु एक आपसमा बिभाजित बनेको भन्दै नागरीकहरु अब राजनीतिक तवरले बिभावित हुन नहुने बताए । “जनताहरु बिभाजित भएको ठाँउमा बिकास हुदैन” उनले भने “राजनीति चुनावको बेलामा मात्र हुनुपर्छ, जतिबेला पनि राजनीति गर्ने परिपाटीले देशमा बिकास हुँदैन, एकता भएमा मात्र देश बन्छ”।
हेरौँ मिडियाकर्मी रबिलाल पौडेलले हिरक महोत्सवको उद्घाटन समरोहमा खिच्नुभएका यि ८ तस्बिरहरु:







