gulminews logo
शनिबार, २०८१ बैशाख १५

धुर्कोटको घुम्ती शिविर, नागरिकलाई घरदैलोमै सेवा (फोटो फिचर )

गुल्मी, ३० कार्तिक । धुर्कोट गाउँपालिकाले नागरिकलाई घरदैलोमै सेवा दिने उदेश्यले घुम्ती शिविर संचालन गरेको छ ।

मंगलबार धुर्कोट गाउँपालिका वडा नं. १ नयागाउँ स्थित नयागाउँ स्वास्थ्य चौकीको प्रांगणमा एकिकृत घुम्ती शिविर संचालन गरिएको थियो । शिविरमा गाउँपालिका अन्तरगतका विभिन्न शाखाबाट प्रदान गरिने स्वास्थ्य, कृषि, पशु, जेष्ठ नागरीक, अपांग लगायत बैकिङ्ग सेवा समेत उपलब्ध गराइएको थियो ।

२ सय १० जनालाई नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको छ। जसमा ६० जनाले भिडियो एक्सरे सेवा लिएका छन । त्यस्तै पशु शेवा अन्तर्गत २ सय २ परिवारका १ हजार ८९ बाख्रा र ६७ भैसीलाई औषधी वितरण, ७० बाख्रा र ३५ गाई भैसीको गोवर परिक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कासिराम पन्थीले जानकारी दिए ।

त्यस्तै कृषि, पशु फर्म र पसल नविकरण ९ र ५ वटा नयाँ दर्ता समेत गरिएको छ। शिविरमा १ सय ५८ जना जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको पन्थीले बताए । बैकिड्ड सेवा अन्तर्गत सनराईज बैँक धुर्कोट शाखाले दिएको सेवामा २३ जनाले नयाँ खाता खोलेका छन ।

शिविरमा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थी, वडा नं. १ का वडा अध्यक्ष कमल थापा, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लागायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष पोख्रेलले अवस्था र भूगोल हेरेर आवश्यक स्थानमा शिबिर संचालन गरिने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D