gulminews logo
शुक्रबार, २०८० चैत्र १६

दुर्घटना अप्डेट: दुर्घटनास्थलमा देखिएको यो पिडादायी अवस्था हेर्नुस् ११ तस्बिरमा (फोटोहरु)

१७ मंसिर, गुल्मी । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दूर्घटनामा १४ जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटनामा परेको हो । घटनामा एक जना बच्चासहित १४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जना गम्भीर घाइते छन् ।

मृतकको नामावली

मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।

दूर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् ।
उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । इस्मा गाउँपालिका–४ का धनबहादुर कार्की बेपत्ता छन् ।

पुर्व श्रममन्त्री गोकर्ण बिष्टको पहलमा घाईतेहरुलाई हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौं लगिएको छ । दुर्घटना पस्चात दुर्घटनास्थलमा बिभिन्न स्थानबाट स्थानियहरुको भिड लागेको थियो । हेरौँ दुर्घटनास्थलबाट रबिलाल पौडेलअनिश शर्मा गैरेले खिच्नुभएका फोटोहरु, साथमा केही सोसल मिडियाबाट पनि सभार गरिएका छन्:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D