gulminews logo
आईतवार, २०८१ बैशाख १६

“मनपरी” गर्न नपाएपछि प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सन्तोष महतारा
गुल्मी, ०५ चैत । गुल्मीमा जनप्रतिनिधिहरुले मनपरी गर्न नपाएपछि प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेका छन् । जिल्लाको इस्मा गाउँपालिकाका जनप्रतिनिधिहरुले आफ्नो मनपरी नचलेपछि प्रमुख प्रशासकीय अधिकृतलाई २० दिन नपुग्दै सरुवा गरेको खुलासा भएको हो ।

गएको फागुन १४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका प्रेम अर्याललाई २० दिन नपुग्दै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा पत्र पठाएको छ । इस्माका जनप्रतिनिधिहरुले पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्बर दुईका सांसद गोर्कण बिष्टलाई फोन सम्पर्क गरेपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सांसद बिष्टले सरुवा पत्र पठाउन ठाडो आदेश दिएको श्रोतले बताएको छ ।

यसअघी जनप्रतिनिधिहरु उनका आफन्त आसेपासेहरुलाई राजनितिक पहुँचका आधारमा गाउँपालिकाको बजेटबाट रिचार्ज कार्ड, पेट्रोल तथा मोटरसाइकल मर्मत समेत गरिदिन आग्रह गर्दा प्रशासकीय अधिकृत अर्यालले यस्तो नियमसंगत नहुने भन्दै अस्विकार गरेको बताईएको थियो । साथैे जग्गा प्राप्ती ऐन २०३४ बमोजिम मात्रै राज्यले निजि जग्गा प्राप्त गर्न सक्ने प्रावधान छ । तर इस्मा गाउँपालिकाले मनपरी रुपमा उपभोक्ता समिति बनाएर निजि जग्गा सरकारी बनाउन खोजेको र त्यसको बजेट भुक्तान गर्न बारम्बर अनुरोध गरेपनी यस्तो गर्न नमिल्ने भनी प्रशासकीय अधिकृतले रकम भुक्तानी गर्न असमर्थ रहेको बताएका थिए ।

यसै बिषयलाई प्राथामिकतामा राखेर जनप्रतिनिधिहरुले सरुवा गर्न भनी केन्द्रमा सम्पर्क गरेको बताइएको छ ।
जिल्लाकै मालिका गाउँपालिका वडा नम्बर ६ अर्जे स्थायी घर भएका प्रेम अर्यालले आफु कुनै राजनैतिक दलप्रति आस्थावान् नरहेको कुरा कार्यपालिका बैठकमा जानकारी गराउँदै कसैलाई पनि राजनिति नगरी जनताको सेवामा लाग्न अनुरोध गरेको बताए । फलस्वरुप नै आफ्नो मनपरी गर्न चहाने जनप्रतिनिधिहरुले उनलाई २० दिन पनि राम्रो सँग टिक्न दिएनन् । प्रमुख प्रशासकीय अधिकृत अर्यालले आफुलाई बुधबार विहान सरुवा पत्रको इमेल आउँदा मात्रै जानकारी भएको बताए ।

अहिले उनलाई हरिनाश गाउँपालिका स्याङ्जाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको ब्यहोरा सहित सरुवा पत्र पठाइएको छ । अर्यालका अनुसार आफुले राजनितिक पहुँचका आधारमा कुनै काम नगरेका कारण सरुवा गरिएको हो । यस बिषयमा इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले आफुलाई केहि जानकारी नभएको बताएका छन् । केन्द्रले नै अर्याललाई प्रमुख प्रशासकीय अधिकृत भनेर इस्मा गाउँपालिकामा पठाएको र उनलाई सरुवा गरेकोे गाउँपालिका प्रमुख बिष्टको भनाई छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D