मदाने १ अग्लुङ्गमा प्रेम र शुशिलमा कस्ले बाजी मार्ला ? यस्तो छ आंकलन ?

विवश विष्ट
गुल्मी, बैशाख १९ । मदाने गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा नेकपा एमाले र गठबन्धनको बलियो प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेकपा एमालेको तर्फबाट मदाने १ को वडा अध्यक्ष समेत भएका प्रेम चन्द बोहोरालाई पार्टीले पुनः टिकट दिएर उम्मेदवारी दिएका छन् भने सत्ता गठबन्धनको तर्फबाट नेपाली काङग्रेसका सुशील चन्द चुनावको मैदानमा होमिएका छन् ।

नेकपा एमालेको पकेट क्षेत्र भएकाले एमालेले पुनः जित्न तम्सिएको छ । साथै नेकपा एमालेका उम्मेदवार प्रेम चन्द बोहोराले ५ बर्षको अवधिमा गरेका विकास निर्माणका कार्यहरुले गर्दा आफू यस पटक पनि विजय हुने दाबी गर्दछन भने यता सत्ता गठबन्धनका उम्मेदवार सुशील चन्दले पनि आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । सानै उमेरदेखी समाजसेवामा होमिएका चन्दले अग्लुङ्गमा थुप्रै समाजसेवाका कार्य गर्दै आएका छन । सत्ता गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहकार्यमा छन् । राप्रपाको पुराना नेता समेत रहेको अग्लुङ्गमा राप्रपाका कार्यकर्ता थुप्रै रहेकोले कतिपयले गठबन्धनले जित निकाल्ने अनुमान गरेका छन् ।

नेकपा एमालेबाट खुल्ला सदस्यमा शेर बहादुर खत्री, हर्क बहादुर खत्रीसँग गठबन्धनबाट खुल्ला सदस्यमा राप्रपाका भगत चन्द र माओवादीका युवराज चन्द भिड्दै छन । यस्तै दलित सदस्यमा गठबन्धनबाट नेपाली काङ्ग्रेसकी पुष्पा परियारले नेकपा एमालेकी सीता बिकसँग टक्कर गर्दै छिन् । यस्तै महिला सदस्यमा नेकपा एमालेकी सुशीला बिष्ट चन्द र गठबन्धनबाट राप्रपाकी विष्णा बस्नेत भिड्दै छन् ।

यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पुरै सेट जितेको थियो । वडा नम्बर १ अग्लुङ्गमा एमालेको पकेट क्षेत्र पनि मानिन्छ यद्यपि नेपाली काङ्ग्रेस र राप्रपाका कार्यकर्ता र नेता रहेको स्थान पनि हो ।

नेपाली काङ्ग्रेसका अध्यक्ष पदका उम्मेदवार सुशील चन्द विद्यार्थीकालमा नेवि संघ हुँदै अग्लुङ्गको सभापती भई समाजसेवामा खटिदै आएका थिए । अग्लुङ्गको समानुपातिक विकास र समृद्धको लागि आफुलाई विजय गराउन नेपाली काङग्रेसका सुशील चन्दले आग्रह गरेका छन भने यता नेकपा एमालेका उम्मेदवार प्रेम चन्दले पनि बाँकी रहेका विकास निर्माणका कार्य पूरा गर्न र अग्लुङबासीको समृद्धिका लागि आफ्नो दोस्रो कार्यकालका लागि विजय गराउन आग्रह गरेका छन ।

स्थानिय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले ५७५ भोटका साथ विजयी हासिल गरेको थियो । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले २५४ मत प्राप्त गरेको थियो । जसमा राप्रपाको २२६ मत र माओवादी केन्द्रले ९४ मत प्राप्त गरेका थिए । यहि अनुपात हेर्दा यसपाली जस्को जित हुन्छ निकै झिनो मतले जित हार हुने आंकलन गरिएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D