gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

मदाने गाउँपालिका १ मा काँग्रेसका युवा नेता चन्दको प्यानलै निर्वाचित

गुल्मी, बैशाख ३१ । स्थानिय निर्वाचन २०७९ मा जिल्लाको मदाने गाउँपालिका वडा न. १ अध्यक्षमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सुशील चन्द बिजयी भएका छन।

चन्दले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेम चन्दलाई १७६ मतान्तरले पराजित गरेका हुन । कुल खसेको १३८३ मत मध्य सुशील चन्दले ७३१ मत प्राप्त गरेका थिए भने नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका प्रेम चन्दले ५५५ मत प्राप्त गरे । अध्यक्ष सङ्गै गठबन्धनबाट अग्लुङ्गमा प्यानलनै बिजयी भएको छ ।

महिला दलित सदस्यमा पुष्पा परिवार,महिला खुल्ला सदस्यमा विष्णा बस्नेत,पुरुष खुल्ला सदस्यमा भगत चन्द बोहरा र युवराज चन्द निर्वाचित भएका छन् । अग्लुङ्गमा नेपाली काँग्रेस ,राष्ट्रिय प्रजातन्त्र पार्टी,समाजबादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए । मदाने गाउँपालिका प्रमुखमा काँग्रेसका महेन्द्र कुँवरले ६७३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी प्रेम के सि ले ५८१ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D