gulminews logo
आईतवार, २०८१ बैशाख २३

मदानेमा शिक्षकहरु आन्दोलित, बुझायो ७ दिने अल्टिमेटम सहित ज्ञापन पत्र

विवश विष्ट
गुल्मी, २५ मंसिर । शिक्षक महासंघ मदाने गाउँपालिकाले मदाने गाउँपालिका शिक्षा शाखामा ज्ञापन पत्र बुझाएको छ । संघिय शिक्षा ऐन तथा नियमावलीमा रहेका शिक्षकहरुका हक तथा अधिकार मदाने गाउँपालिकाले कुन्ठित गरेक‍ो भन्दै शिक्षक महासंघ मदानेले ज्ञापन पत्र बुझाएको हो ।

शिक्षक छनोटमा शिक्षा ऐन तथा नियमावली विपरित गरेको भन्दै आफुहरुले विरोध गरेको शिक्षक महासंघ मदानेका अध्यक्ष खिम बहादुर कुवरले जानकारी दिए । जसको विरोधमा बुधबार आन्दोलन र्याली समेत निकालिएको थियोे । बिहिवार मदानेका सबै विद्यालयहरु बन्द गरि सम्पुर्ण विद्यालयका करिब २०० भन्दा बढी शिक्षकहरुको उपस्थितमा विरोध गर्दै ज्ञापन पत्र बुझाएको छ।

शिक्षक छनौटमा विषयगत प्रश्न शिक्षकलाई गराउने र बस्तुगत प्रश्न गाउपालिकाका प्रशासनका कर्मचारीहरुले गराउने गरिएको छ जुन कुनै नियमावलीमा नरहेको शिक्षक महासंघ मदानेका अध्यक्ष खिम बहादुर कुवरले बताए । जसको कारण नै शिक्षकहरु यो कुरामा असक्षम छन भन्ने हुदा यस कुरामा बिरोध गरिएको अध्यक्ष कुवरले बताए ।

यो सँगै शिक्षासँग सम्बन्धित विभिन्न कार्यहरुमा मदाने गाउँपालिकाले शिक्षक महासंघलाई उपेक्षा गरिएको हुदा बिरोध गरिएको छ । न्युनतम तलब करिब रु २,००० भएका शिक्षक पनि मदानेका विभिन्न शिक्षकहरु कार्यरत रहेको र यसमा गाउँपालिकाले कुनै सम्बोधन नगरेको शिक्षक महासंघको आपतत्ती छ ।

यी र यस्तै विभिन्न मागमा गाउँपालिका सकारात्मक रहेको बताइएको छ यद्यपि गाउँपालिकाले ठोस निर्णय दिन नसक्दा शिक्षक महासंघले ७ दिने अल्टिमेटम दिएको छ ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D