gulminews logo
शनिबार, २०८१ बैशाख ८

मदानेमा गाउँपालिका स्तरिय कृषि तथा पशुपंक्षी प्रदर्शनी मेला, उत्कृष्ट कृषक पुरस्कृत

विवश विष्ट
गुल्मी, मदाने २५ । मदाने गाउँपालिकामा कृषि प्रदर्शनी गरिएको छ । मदाने गाउँपालिका गुल्मीको आयोजनामा गाउँपालिका स्तरीय कृषि तथा पशुपंक्षी मेला प्रदर्शनी २०७७ गरिएको हो ।

शनिबार पुर्कोटदह स्थित जनज्योति माविको प्राङ्गणमा कृषि तथा पशुपंक्षी प्रदर्शनी कार्यक्रम गरिएको छ । प्रदर्शनी मेलामा विभिन्न वडाहरुबाट सहभागी रहेको थियो । जसमा विभिन्न स्टलहरु राखी प्रदर्शन गरिएको थियो ।

कृषि ज्ञान केन्द्र गुल्मी र पृथ्वी मा वि को सह आयोजनामा भएको प्रदर्शनी मेलामा विभिन्न कृषकहरुले आआफ्नो बाली तथा पशु पंक्षीहरुको प्रदर्शन गरेका थिए । जसमा खाद्यान्न बाली, नगदे बाली, फलफुल बाली, तरकारी बाली, माहुरी, आलु, गाई, भैसी, बाख्रा, भेडा, बंगुर, कुखुरा, हाँस, कालिज, टर्की, माछा लगायतका विभिन्न कृषि तथा पशुपंक्षीको प्रदर्शन भएको गाउँपालिकाले जनाएको छ ।

कृषि तथा पशुपंक्षी प्रदर्शनी कार्यक्रममा १९५ कृषकको उपस्थितमा १९५ स्टल रहेको थियो । जसमा प्रथम १९ जना कृषकहरु, दोस्रोमा १९ जना कृषकहरु र तृतियमा १९ जना कृषकहरु भएका छन । उत्कृष्ट कृषकहरुलाई नगद रु १५००/१५०० र प्रमाणपत्र प्रदान गरिएको कृषि शाखा मदाने गाउँपालिकाले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D