gulminews logo
बुधबार, २०८१ बैशाख १२

मदानेद्धारा बजार अनुगमन, अखाद्य बस्तु र घरेलु मदिरा नष्ट

शिवलाल सुवेदी
गुल्मी, ३० फागुन । मदाने गाउँपालिकाका ३ वडाका बजार अनुगमन गरिएको छ । गाउँपालिका अन्र्तगत वडा नम्वर ४ को म्यालपोखरी, वडा नम्बर ६ का पुर्कोट वजार र वडा नम्बर ७ भनभनेका विभिन्न किराना पसल तथा मासु पसलहरुको बुधवार अनुगमन गरिएको हो ।

वजार अनुगमनका क्रममा अनुगमन टोलीले सञ्चालनमा रहेका बिभिन्न ब्यवसायीहरुले विना दर्ता ब्यवसाय सञ्चालन गरेकाले १५ दिनभित्र गाउँपालिकामा आफ्ना ब्यवसाय दर्ता गर्नका लागि निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अनुगमनका क्रममा वरामद अखाद्यवस्तुहरु र नेपाल सरकारले प्रतिवन्ध लगाएको घरेलु मदिरा नष्ट समेत गरेको छ ।

खाद्यान्न, किराना, होटल, मासु पसल र औषधी पसलहरु गरि ३ वडाका करिव ५० भन्दा बढी पसलहरुको अनुगमन टोलीले अनुगमन गरेको हो । टोलीमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारी, पशुसेवा शाखा मदानेका प्रमुख जिवन कडेल, विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु , ब्यवसायी , मदाने गाउँपालिका प्रेस सयोजक शिवलाल सुवेदी लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D