मकाउमा कार्यरत मोहनको काठमाण्डौमा मृत्यु, मकाउ रिटनर्सद्वारा श्रद्धाञ्जली

काठमाण्डौ, असार २३ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित स्याण्डस चाईना लिमिटेड अन्तर्गतको स्यान्डस कोटाई सेन्टरमा टिम लिडरको रुपमा विगत लामो समय देखि कार्यरत मोहन मगरको नेपालमा उपचारको क्रममा मृत्यु भएको छ ।

काम गरिरहेकै अवस्थामा एक्कासी कमजोर हुँदै गएपछि नेपाल फर्किएर उपचार गराइरहेका मगरको काठमाण्डौ टोखामा अवस्थित ग्राण्डी अस्पतालमा चेक जाँचको क्रममा किड्नीमा हुने क्यान्सर (forth stage of Renal Cell Carcinoma) पत्ता लागेको र तत्कालै उनलाई भारत लगायत नेपालका विभिन्न अस्तपालमा उपचार गरेपनि अन्तत: नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा यही असार २३ गते मंगलबार निधन भएको थियो ।

सानो छोरा र परिवारका साथ तारकेश्वर न पा १० हिलेटोलमा बस्दै आएका मोहन सबै सँग मिल्ने मिजासिला स्वभावका थिए । लामो समय मकाउमा रहेर काम गरेका मृतक मोहनलाई मकाउबाट विभिन्न समयमा फर्किएका र विदामा आएर कोभिड१९ का कारण उता फर्किन नपाएका करिब २२/ २३ जना मकाउमा सँगै काम गरेका समकक्षीहरु आज उनको घरैमा पुगेर हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सन्तप्त परिवारका लागि केहि आर्थिक सहयोग पनि संकलन गरेका छन् ।

त्यस्तै सहयोग अभियानलाई निरन्तरता दिँदै उनले काम गरेको मकाउ स्थित द भेनिसियन मकाउ रिसोर्ट, पेरिसियन मकाउ, स्याण्डस कोटाई सेन्टर, फोर सिजन होटेल र स्याण्डस मकाउमा पनि उठाउने निर्णय गरिएको छ ।

मकाउ स्थित सबै नेपालीहरुलाई सहयोगको अपिल गर्दै जम्मा भएको रकम भ्यालीमा उपलब्ध मकाउ रिटनर्सहरुले आगामी श्रावण ३ गते मोहनकै घरमा गएर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D