गुल्मी, मंसिर ०५ । न्वागी मेलाको अवसर पारेर ईस्मा गाउँपालिकाले भोली स्थानिय बिदा दिने भएको छ ।
इस्मा गाउँपालिका गाउँकार्यपालिकाको आईतबार बसेको बैठकले भोली अर्थात मंसिर ६ गते सोमबारको दिन न्वागी पर्वको अवसरमा गाउँपालिका क्षेत्रभर स्थानीय विदा दिने निर्णय गरेको हो ।
गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य संस्था, सार्वजनिक संघ संस्था, वडा कार्यालय तथा गाउँकार्यपालिकाको कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ ।