gulminews logo
बिहीबार, २०८१ बैशाख १३

देशलाई संकट पर्दा काँग्रेस चाहिन्छ: नेता भण्डारी

गुल्मी, मंसिर ०६ । नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले देशलाई संकट पर्दा नेपाली काँग्रेस चाहिने बताएका छन् । उनले नेपाली काँग्रेस गुल्मी क्षेत्र १ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई सोमबार रिडीमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

नेता भण्डारीले काँग्रेस देशमा संकट पर्दा, जनताको अधिकार दिलाउने कुरामा, हिंसाको बेलामा काँग्रेस चाहिने गरेको बताएका छन् । उनले बहुमत पाप्त गरेको नेकपाले सरकार चलाउन नसकेपछि सरकार अप्ठ्यारोमा परेको अवस्थामा सबै राजनीतिक दलले काँग्रेसलाई सरकार चलाउन गरेको आग्रहबाट पनि संकटको बेला काँग्रेस चाहिने पुष्टि भएको बताए ।

भण्डारीले भने ‘देशमा संकट पर्दा, जनताका कुरा गर्दा त काँग्रेस चाहिदो रहेछ त ? त्यति मात्र होइन, अस्ति समन्वय समिति बन्यो त्यसमा पनि काँग्रेसबाटै रामचन्द्र पौड्याललाई तपाई बसिदिनुपर्यो भनियो त्यसकारण पनि काँग्रेस भनेको देशलाई संकट परेको बेलामा, जनतालाई अधिकार दिलाउने बेलामा, हिंसाका बेलामा काँग्रेस नभई हुँदैन भन्ने सबै भन्दा ठूलो प्रमाण हो यो ।’ डा.भण्डारीले काँग्रेस मध्यममार्गी पार्टी समेत रहेको बताए । उनले देशका हरेक समस्यामा मध्यममार्गीय भूमिका खेल्दै आएको उल्लेख गरे । नेता भण्डारीले रामराजको जस्तो कथा नेपाली जनताले भोग्नु परेको स्मरण गर्दै नेपाली जनतालाई निकास दिने काम नेपाली काँग्रेसले मात्र गरेको दावी गरे ।

उनले आगामी महाधिवेशनबाट काँग्रेसलाई आम जनताले भरोसा र विश्वास गर्ने पार्टी बनाउनुपर्ने बताएका छन् । ‘यो महाधिवेशनबाट हामीले त्यस्तो पार्टी बनाउनु छ, जसमा सबै सदस्यले आत्मसम्मान र अपनत्वको अनुभूति गरुन्, जसमाथि आम जनताले भरोसा र विश्वास गरुन्’, नेता भण्डारीले भने । उनले काँग्रेस सहित अन्य राजनीतिक दलका कमी कमजोरीहरुलाई सुधार गर्ने अभियानमा आफुहरु लागेको बताए । उनले भने ‘हामी राजनीतिक दलका कमी कमजोरीहरु सुधार गर्न चाहन्छौ, पार्टीका कमजोरी सुधार गरे मात्र राजनीतिक पार्टी सुधार गर्न सकिन्छ, पार्टी सुध्रिए मात्र देशको राजनीतिक सुध्रिन्छ, देशको राजनीतिक सुध्रिए मात्र देश सुध्रिन्छ र मुलुक बन्छ, त्यसका लागि काँगेसलाई नयाँ दृष्टिकोणका साथ अगाडि बढाउन्छौ ।’

काँग्रेसको पुनर्जागरण क्षेत्रीय प्रतिनिधि पार्टीको आधारभूत तहको निर्णायक शक्ति भएकाले काँग्रेसजनको मत र भावनाको प्रतिनिधित्वका रुपमा कस्तो काँग्रेस बनाउने भन्ने निर्णय गर्ने अधिकार भएकाले आगामी पार्टीको नेतृत्वका लागि सोही अनुरुपका महाधिवेशन प्रतिनिधि छनोट गरेर पठाउन पनि उनले प्रतिनिधिहरुलाई आग्रह गरे । काँग्रेसले सही बाटो समात्यो भने देशले सही बाटो समात्ने उल्लेख गर्दै नेता भण्डारीले पार्टीको पुनर्जागरण र नवनिर्माणका लागि भूमिका खेल्न सबैलाई आग्रह पनि गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र १ प्रतिनिधिसभाका क्षेत्रीय सभापति पारिश्वर ढकालले पार्टीलाई सशक्त र बलियो बनाउने नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । काँगेसका क्षेत्रीय उपसभापति जगदीश भट्टराईले काँग्रेसलाई कस्तो पार्टी बनाउने भन्ने निर्णय अधिवेशनले निर्धारण गर्ने भएकाले सोही अनुसार नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । रामचन्द्र रायमाझी/सितलपाटी डट कमबाट

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D