gulminews logo
बिहीबार, २०८१ बैशाख २०

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेल
गुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रिले आफुहरुले पार्टी निर्माणको तीन महिने अभियान चलाउने बताएकी छिन् ।

सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित एकीकृत समाजवादीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रिले सो कुरा बताएकी हुन् ।

तीन महिनासम्म देशभरबाट कम्तिमा सात लाख संगठित सदस्य बनाउने उनले दाबी गरिन् । प्रत्येक संगठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याएमात्रै देशभरबाट नेकपा एकीकृत समाजवादीको पक्षमा कम्तिमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले विलाएर जाने उनले दावी गरीन् ।

प्रत्येक संगठित सदस्यले एक दिन पार्टीको लागि काम गर्ने र बाँकी छ दिन आफ्नो लागि काम गर्नेगरी योजना पार्टीले बनाएको उनको भनाई छ । पार्टीको हरेक कमिटीमा कम्तिमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० बर्षमुनिका युवालाई समावेश गर्ने नेतृ झाँक्रिले बताइन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D