भिडियो: एसईई परीक्षाको तयारी कसरी गर्ने?

परीक्षालाई धेरै जसो विद्यार्थीले बोझ र डरको रूपमा लिएको पाइन्छ । यसो हुनुका पछाडी थुप्रै अरु कारणहरु भए पनि मुख्य कारण परीक्षाको पर्याप्त तयारी नभएर नै हो । धेरै जस्तो विद्यार्थीहरुलाई आफुले परीक्षामा राम्रो गर्नु पर्छ भन्ने चिन्ता भए पनि कस्तो तयारी कसरी गर्ने भन्ने कुरामा अन्योलता रहेको पाइन्छ । फेरी उनीहरुका शिक्षक र अभिभावकहरुले पनि पढ्नु पर्छ राम्रो तयारी गर्नु पर्छ भनिरहे पनि कसरी गर्ने भन्ने कुरालाई नजरअन्दाज गरिरहेका हुन्छन । जसको कारण परीक्षामा विद्यार्थीहरु राम्रो प्रस्तुती दिन चुकिरेका हुन्छन ।

नेपालको परीक्षा प्रणाली नितान्त परम्परागत रहेको छ । वर्ष भरि वा एउटा सेमेस्टरमा पढेको कुरा २ देखि ३ घण्टा सम्मको परीक्षामा राम्रोसंग लेख्न सक्ने विद्यार्थीलाई यो परीक्षा प्रणालीले उत्कृष्ठ भन्दछ । यसैले पनि परीक्षामा राम्रो लेख्न सक्नु निकै महत्वपूर्ण मानिन्छ जसका लागि निसंकोच तयारी नि अत्यावश्यक हुन्छ ।

गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका स्थित चक्रेश्वर इ. बो. स्कूलमा लामो समयदेखि अध्यापनरत शिक्षक कमल सुवेदीले विद्यार्थीले परीक्षा तयारीका लागि अपनाउन सक्ने राम्रा बानीहरु सहितका ‘टिप्स’हरु समेटेर यो भिडियो बनाएका छन् । २० मिनेटको यो भिडियोमा खानपिनको कुरा, निद्रा व्यवस्थापनको कुरा, ‘कम्बाइन स्टडी’का कुरा, ‘नोट’ बनाउने कुरा, ‘पिअर टिचिंग’का कुरा, पुराना प्रश्नपत्र विश्लेषण गर्ने, आदि लगायतका उपयोगी ‘आइडिया’हरु समेटिएका छन् ।

हेर्नुस भिडियो :

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D