भारी बर्षा र हावाहुरीका कारण ३ घर बिस्थापित, बस्ती जोखिममा

कमल पौडेल
बडिगाड, ३० वैशाख । सोमवार दिउँसो परेको भारि वर्षा र हावाहुरीका कारण बडिगाड गाउँपालिका वडा नं. ६ खालमा ३ घर विस्थापित भएका छन् ।

पानीसंगै माथिवाट आएको भलले स्थानिय गोठे सार्किको छाप्रे घर र चर्पि डुवेको छ भने गोपाल श्रेष्ठ र गंगे सार्किको घरमा पनि क्षति पुगेको वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले जानकारी दिनुभएको छ ।

घ्वाङ्ग खोलो रेलो सहित आएपछि घरहरुमा पसेको हो। माथिवाट आएको रेलोका कारण झण्डै २ घण्टा वढि अवरुद्ध भएको मध्यपहाडि लोकमार्ग खुलेको छ।

रेलोले लोकमार्ग अवरुद्ध गरेपछि तत्कालै जेसिभि वोलाएर सडक खुलाइएको अध्यक्ष क्षेत्रीले बताउनुभएको छ। करिव १ घण्टा सम्म आएको पानी र हावाले अन्य स्थानमा पनि सामान्य क्षति पुर्याएको छ।

ग्रामिण क्षेत्रमा खोलीएका सडक र वस्तिभन्दा माथिको जंगलहरुमा लागेको आगोका कारण नदि किनारका वस्तीहरु थप जोखिममा परेको स्थानियले वताएका छन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D