gulminews logo
शनिबार, २०८१ बैशाख ८

भारतीय सहयोगमा निर्मित चन्द्रकोट क्याम्पसको नयाँ भवन उद्घाटन

गुल्मी, फागुन १ । चन्द्रकोट क्याम्पस चन्द्रकोट गाउँपालिका गुल्मीमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नं ४ मा शान्तिपुरमा बुधबार एक औपचारीक कार्यक्रमका बिच नवनिर्मित २४ कोठे भवनको उद्घाटन गरिएको हो।

नेपाल भारत मैत्री सहयोग अन्तर्गत राजदुतावासको सहयोगमा निर्मित भवनको गाउँपालिका अध्यक्ष द्रोर्ण बहादुर खत्री तथा भारतीय दुतावासका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्मा र सहचारी बेद प्रकशले उद्घाटन गर्नुभएको सहायक क्याम्पस प्रमुख इन्द्र बहादुर थापाले जानकारी दिनुभयो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष मिमलाल श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा जिल्ला समन्व्य अधिकारी भक्तिराम मरासिनी, सदस्यहरु चेतन बस्नेत, रमा पुन, राममल्ल ठकुरी लगायतको आतिथ्यता रहेको थियो । श्यामलाल गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख इन्द्र बहादुर थापाले गर्नुभएको थियो।

थापाका अनुसार क्याम्पस रु चार करोड १३ लाख रुपैँयामा सम्पन्न भएको हो । क्याम्पसमा नवनिर्मित भवन निर्माणका लागि २०७२ माघ १३ गते सम्झौता भएको थियो। २०६५ साल फागुन ३० गते औपचारीक शिक्षा प्रदान गर्न शुरु गरेको क्याम्पसमा अहिले १ सय २० जना बिद्यार्थीहरु अध्ययनरत रहेको छन् । त्यस अवशरमा बिद्यार्थीहरुद्धारा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको क्याम्पसले जनाएको छ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D